Trending
>>   मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा >>   काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह… >>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो >>   ओलीलक्षित माधवको टिप्पणीः अरु आउँदा मेरो नेतृत्व खोसिएला भनेर पार्टी प्रवेश गर्न दिइएन >>   मधेसको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

ब्याजदर घट्दा पुँजी पलायनको खतरा बढ्योः वरिष्ठ उपाध्यक्ष उपाध्याय


काठमाडौँ। नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रमा लगानीयोग्य रकम थ्रुपिएको र ब्याजदर समेत घट्दै गएका कारण पुँजी पलायनको खतरा बढेको बताएका छन् ।

मंगलवार काठमाडौंमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले लगानीयोग्य रकम थ्रुप्रिने र व्याजदर यस्तै तल रहिरहे भोलिका दिनमा पुँजी पलायन हुनसक्ने बताए । गलत ठाउँमा लगानी हुनसक्ने हुदाँ बैंकहरुले थ्रुपिएको पुँजीलाई कहाँ लगानी गर्ने यसबारे आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उपाध्यायले बताए । उनका अनुसार नेपालमा लगानी गर्नसक्ने अवस्था नरहे भारतको ट्रेजरी मार्केटमा बैंकहरुलाई लगानी गर्न राष्ट्र बैंकले दिनुपर्ने उनको भनाई छ । वित्तीय अनुशासनमा समेत यस्ता विषय पर्ने भएकाले यसलाई कायम गराउन जरुरी रहेको उनले बताए । उपाध्यायकाअनुसार नेपालमा प्रभिजनको व्यवस्था सबैभन्दा कडा भएकाले समस्या भएको बताए । उनले भारतको उदाहरण दिँदै यदी धितो छ भने तीन वर्ष नभईकन सतप्रतिशत प्रोभिजन गर्नुपर्ने आवश्यकता पर्दैन । तर नेपालमा पहिलो वर्षमै सतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थाले यसले ठूलो दबाब पैदा गरेको छ ।

परिसंघका वरिष्ठ उपाध्यक्ष उपाध्यायले भने ‘नेपालमा लगानी गर्नसक्ने अवस्था नरहे भारतको ट्रेजरी मार्केटमा बैंकहरुलाई लगानी गर्न दिनुपर्छ । साढे ५ प्रतिशतको हाराहारीमा त्यहाँ ब्याज पाउने स्थिति छ । हाम्रो राष्ट्र बैंकले तय गरेको फ्लोर प्राइज ३ प्रतिशत धेरै तल भएको मलाइ लाग्छ । ब्याज करिडोरमा तीन प्रतिशत भएतापनि बैंकहरुले तीन प्रतिशत भन्दा तलमा बिडिङ गरेको र तीन प्रतिशत भन्दा तल गएर स्वयम राष्ट्र बैंकले पनि करिडोर हुँदाहुँदैपनि त्यसको पालना नभएको हामीले महशुस गरेका छौं ।’

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले बजेटको उद्देश्य र मर्मअनुरुप मौद्रिक नीति आउन आवश्यक भएको बताए । उनले अर्थमन्त्रीले वित्त नीति र मौद्रिक नीतिलाई सन्तुलन मिलाएर जाने कुरा गरेको भन्दै त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

अध्यक्ष कोईरालाले भने ‘बैंक तथा वित्तीय क्षेत्रको वर्तनमान अवस्था र स्थितिलाई हेरे केन्द्रिय बैंकले आगामी नीतिहरु अपाउन आवश्यक छ । एसेट म्यानेजमेण्ट स्थापन गर्ने कुरा चाँडै अगाडि बढ्छ भन्ने हाम्रो अपेक्षा छ । नियो बैंकदेखि अप्ठ्यारोमा परेमा बैंक तथा वित्तीय संस्थालाई त्यही किसिमको ट्रीट गरेर जानुपर्छ ।’

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नागरिकलाई केन्द्रमा राखेर आफूले बीमाको क्षेत्रमा ‘प्रो पिपुल्स पोलिसि’ बनाउन थालेको बताए । यसको नतिजा देखिन केही समय लाग्नेछ । उनले विगतमा व्यवस्था गरिएका कतिपय नीतिहरुमा आफूले केही हस्तक्षेप समेत थालिएको बताएका छन् ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले केन्द्रिय बैंकले लिने नीति तथा निर्णयले सम्पूर्ण वित्तीय प्रणालीमा असर गर्ने बताए । उनका अनुसार ती नीतिले पुँजी बजारलाई समेत प्रत्यक्ष रुपमा असर गर्ने हुँदा मौद्रिक नीतिबारेका छलफलहरुले बजारको स्थायित्वलाई समेत मजबुत बनाउन सघाउ पुग्ने आशा व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकका निःवर्तमान गभर्नर महाप्रसाद अधिकारीले अरु देशको तुलनामा नेपालको मौद्रिक नीति फरक रहेको बताए । उनले मौद्रिक नीतिले धेरै काम गरिदिओस् भन्ने सोसाइटीको धेरै आकांक्षा रहेको बताए ।

उनका अनुसार मौद्रिक नीतिको कोर फङ्सङ भित्र बसेर मिडियाहरुले यसका सीमाहरु, मेकानिजम, यसभित्र बसेर राष्ट्र बैंकले कसरी बसेर काम गरिरहेको छ भन्नेबारे मिडियाहरुले वास्तविकता ल्याइदिन सक्नुपर्छ ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?