Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

जनताप्रति सबै राजनीतिक दलको उत्तरदायित्व बराबर हुन्छः काँग्रेस सांसद भट्ट


काठमाडौँ। नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले सरकार र जनप्रतिनिधिप्रति आशाको दृष्टि राख्ने जनताप्रति सबै राजनीतिक दलको उत्तरदायित्व बराबर हुने बताएका छन् ।

सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टले मनसुन शुरु भइरहेको र बाढी,पहिरो आउन थालिसकेको अवस्थामा बजेट पास नहुँदा जनताप्रतिको उत्तरदायित्वबाट विमुख हुनुपर्ने अवस्था आउने बताए । उनले जतिसुकै आदर्शका कुरा गरेपनि आफुले गरे ठिक अर्काले गरे बेठिक हुने भनेर अगाडि बढ्दा गन्तव्यमा पुग्न नसकिने स्पष्ट पारे । विभिन्न समयमा भएका आन्दोलन र त्यसमा सहादत प्राप्त गरी ल्याइएको व्यवस्थामा आफु र आफ्ना लागिमात्र लडिरहँदा जनताले हामीप्रति गर्ने कटाक्ष स्वभावतः ठीक हुने सांसद भट्टको भनाई थियो । लोकतन्त्रवादीहरुले इगो प्रबलमका कारण यो व्यवस्थाप्रति टाउको हल्लाउनेहरुलाई बल पुर्याउने काम गरिरहेको भन्दै सांसद भट्टले त्यसतर्फ सचेत रहन आग्रह गरे ।

उनले भने , ‘मलाई एउटा कुरा के लागिरहेको छ भने आज राष्ट्रिय सभाले आफ्नो भुमिका निर्वाह गर्ने कुरा स्वागतयोग्य हो । वाद होला विवाद होला । तर यो बजेट नै रोकियो भने २ वर्ष कोभिडको महामारी झेल्यौं । फेरि सुदूरपश्चिमबाट कोभिडको विमारीहरु देखिन थालिसके । र, हामी यो बजेट पास गर्ने कुरामा लागिरहेका छौं तर हाम्रो एउटा सदन अवरुद्ध छ । सामुन्ने वर्षा पनि छ बाढी पहिरोले अलिअलि छुन थालिसकेको छ । बजेट नै पास भएन भने दलीय कुरा त गर्दै गरौंला तर हाम्रा जो सरकारप्रति, हामीप्रति आशाको दृष्टिले हेर्ने जनताप्रति हामी सबैको उत्तरदायित्व हो । तर हामी दोधारे कुरा गरिरहेका छौं एकातिर यो कुरा हो जस्तो पनि लाग्दैन भनिरहेछौं तर, अर्कोतिर के भनिरहेका छौं भने यो नैतिकताको कुरा हो त्यसकारण यो हुनु नै पर्छ । हामीले घटनाक्रमलाई हेर्दा के देखिन्छ भने रवि लामिछानेको केश र गृहमन्त्रीको केश एउटै होइन भनेर बुझेका छौं । तथ्यपरक कुरामा आधारित भएर छलफल ग¥यौं भने त्यो छलफलले कहिँ न कहिँ पु¥याउँछ । यसको अर्थ यो होइन कि उहाँ दोषी निस्कनु भयो भने उहाँलाई कानुनले सजायँ दिनुपर्छ भन्ने हो । जुनकुरा कहिँबाट पनि प्रमाणित हुँदैन हामी कुरा उठाइरहेका छौं नैतिकताको । आज यो परिस्थितिमा बजेट नै फेल भयो भने गृहमन्त्रीको राजीनामा आउँदै गर्ला, जाँदै गर्ला, उहाँ रहनुहोला नरहनुहोला । कांग्रेस त्यो पार्टी हो जहिल्यै पनि अन्यायको विरुद्धमा लड्ने । तर हामीले इवी साँध्ने, इगो राख्ने मान्छे त राम्रै हुन् शंका लाग्दैन तर सबै ठाउँमा प्रयोग गर्न थाल्यौं भने आजको विषम परिस्थितिमा केही गर्न सक्दैनौं । अब हामीले बाँकी केही राखेनौं, किनभने हामी सैद्धान्तिक रुपमा बिचलित भैसक्यौं । हामी जतिसुकै आदर्शका कुरा गरौं न कहाँनेर रह्यो र आदर्श ? के चाहिँ गर्न बाँकी राख्यौं ? आखिर मैले गरेको ठिक हुने र अर्काले गरेको बेठीक हुने त होइन होला नि ? अहिले जसरी हामी अगाडि बढ्यौ भने अन्त्यहीन गन्तव्य हो । समात्यौं भने हाम्रो आशामा बसेका निमुखा जनताहरुले हामीप्रति गर्ने कटाक्ष गर्ने कुराहरु स्वभावतः ठीक हो । त्यसकारण सबैले सहादत प्राप्त गरी, खुन पसिना बगाएर ल्याएको यो व्यवस्था कतै हामीले गरेका कुराहरु, लगाएका धारेहातहरु, सकेसम्म एकअर्काको सत्तोसरापमा लाग्यौं भने गणतन्त्रको जिम्मा कस्ले लिने ? केही हाम्रा आपसमा मतभेद रहलान्, रहनुपर्छ त्यो स्वाभाविक कुरा हो । कतै हामी हाम्रो जिम्मेवारीबाट इगो प्रबलमका कारणले हामी यो व्यवस्थाप्रति टाउको हल्लाउने व्यक्तिहरुलाई बल पुर्याउने काम त गरिरहेका छैनौं एकपटक सम्झन आग्रह गर्दछु ।’

उनले आपसमा मतभेद रहनु स्वाभाविक भएपनि एक अर्काप्रति धारेहात लगाउने र सत्तो सरापमा लाग्दा अब गणतन्त्रको जिम्मा कसले लिने ? भन्दै प्रश्न गरे ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?