Trending
>>   मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा >>   काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह… >>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो >>   ओलीलक्षित माधवको टिप्पणीः अरु आउँदा मेरो नेतृत्व खोसिएला भनेर पार्टी प्रवेश गर्न दिइएन >>   मधेसको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

गाजा सहायता केन्द्रस्थलमा इजरायली हमलामा ५ जनाको मृत्यु


एजेन्सी। प्यालेस्टिनी समाचार एजेन्सी वाफाले स्वास्थ्य अधिकारी र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै गाजा पट्टीमा दुई सहायता वितरण केन्द्र नजिकै इजरायली आक्रमणबाट कम्तीमा पाँच प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । एक सय भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ ।

दक्षिणी शहर रफाहमा गाजा मानवीय फाउण्डेसनद्वारा सञ्चालित खाद्य वितरण केन्द्र नजिकै ठूलो भीड जम्मा हुँदा बिहान ६ बजे गोलीबारी भएको थियो । इजरायल र संयुक्त राज्य अमेरिका दुवैको सहयोगमा स्थापित उक्त स्थल शनिबार बिहान खोल्ने तालिका थियो । अस्पतालका कर्मचारीहरूकाअनुसार चार जनाको शव खान युनिसको नासेर अस्पतालमा लगिएको थियो ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?