Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

चीनद्वारा बोहाई समुन्द्रमा सबैभन्दा ठूलो तेल र ग्यास प्लेटफर्मको स्थापना


एजेन्सी। केनली १०–२ तेल क्षेत्रको पहिलो चरणको विकासका लागि केन्द्रिय प्रशोधन प्लेटफर्मले फ्लोट–ओभर स्थापना सफलतापूर्वक सम्पन्न गरेको छ । जसले बोहाई क्षेत्रमा अपतटीय तेल र ग्यास प्लेटफर्म स्थापनाको आकार र तौल दुवैमा कीर्तिमान तोडेको छ ।

तियानजिनस्थित अपतटीय तेल इन्जिनियरिङ कम्पनी लिमिटेडले आईतवार घोषणा गरेको छ । केन्द्रिय प्रशोधन प्लेटफर्म एक तीन–तले, आठ–खुट्टे बहुकार्यात्मक अपतटीय संरचना हो । जसमा उत्पादन र आवास सुविधाहरू एकीकृत छन् ।

२२.८ मिटर उचाई र २० हजार टनभन्दा बढी डिजाइन तौल भएको यो बोहाई समुन्द्रको सबैभन्दा भारी र ठूलो अपतटीय तेल र ग्यास प्लेटफर्म हो । फ्लोट–ओभर सञ्चालनको क्रममा, परियोजना टोलीले मुख्य सञ्चालन जहाजमा कृत्रिम बुद्धिमत्ता एल्गोरिदमसहित तीन सेट बेइदोउ स्थिति प्रणाली प्रयोग गरेको थियो । जसले मिलिमिटर स्तरको टक्कर रोधी रडार क्षमता प्रदान गरेको छ ।

केनली १०–२ तेल क्षेत्र बोहाई समुन्द्रको दक्षिणी जलक्षेत्रमा अवस्थित छ । जुन तियानजिनबाट करिव २ सय ४५ किलोमिटर टाढा छ र औसत पानीको गहिराइ करिव २० मिटर छ । यो चीनको अपतटीय क्षेत्रमा हालसम्म पत्ता लागेको सबैभन्दा ठूलो लिथोलोजिक तेल क्षेत्र हो । जसको प्रमाणित भौगोलिक भण्डार १०० मिलियन टनभन्दा बढी छ ।

हालसम्म चीनले ठूला अपतटीय प्लेटफर्महरूका लागि कुल ५० वटा फ्लोट–ओभर स्थापनाहरू सम्पन्न गरेको छ, जसको अधिकतम फ्लोट–ओभर क्षमता ३२ हजार टन र कुल फ्लोट–ओभर तौल ६ लाख टनभन्दा बढी छ । फ्लोट–ओभर प्रविधिहरूको विविधता सञ्चालनको जटिलता, र प्राविधिक परिष्कारताले चीनलाई यस क्षेत्रमा विश्वका अग्रणी देशहरूको सूचीमा राखेको छ ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?