
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणा हाजिर जमानीमा छुटेका छन् ।
राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख/केन्द्रीय कार्यसम्पादन समिति सदस्य मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमा धवल शमशेर राणा हाजिरी जमानीमा छुटेको जानकारी गराएका छन्।
मुखमा क्यान्सर भएकाले उपचारका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई आइतबार राती हाजिरी जमानीमा परिवारको जिम्मामा छोडेको छ।
प्रकाशित मिति: ७ बैशाख २०८२, आईतवार