Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

लोकतन्त्र बचाउन प्रवासी नेपालीको भुमिका महत्वपूर्णः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सिकेका ज्ञान र सीपलाई स्वदेशमा प्रयोग गरी देश विकासमा योगदान गर्न प्रवासी नेपालीहरुलाई आग्रह गरेका छन् ।

नेपाली काँग्रेसको जनसम्पर्क विभागले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुक बाहिर रहेर पनि देश र जनताको चासो राखेको भन्दै विभिन्न कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरुको प्रशंसा गर्दै विश्वको जुनसुकै कुनामा रहेपनि नेपालीहरुप्रति सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । उनले विदेशमा रहेका नेपालीलाई नेपालको वा सम्बन्धित देशको कानूनले पारेको समस्याका बारेमा नयाँ कानून बनाएर समाधान गर्न प्रयास गर्ने बताएका छन् । उनले विदेशमा रहेर नेपाली काँग्रेससँग आवद्य नेपालीहरुलाई पार्टीको महाधिवेशन लगायतका कार्यक्रमहरुमा प्रतिनिधित्व गराएको बताए । अमेरिका तथा भारतमा रहेका प्रवासी नेपालीलाई पार्टीको केन्द्रिय सदस्यमा प्रतिनिधित्व गराएको भन्दै युरोपलगायत कतिपय छुटेका देशबाट पनि पार्टीमा प्रतिनिधित्व गराउने उनको भनाइ छ ।

उनले भने, ‘नेपाली जनसम्पर्क समिति नेपाली काँग्रेसको संगठनको एक अभिन्न अङ्गको रुपमा रहेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेशाको सिलसिलामा मुलुक बाहिर रहेर पनि देश र जनताको बारेमा चिन्ता व्यक्त गरिरहनुभएको छ । यो वर्गले हाम्रो समाजको जानेबुझेका शक्ति र उमेरको प्रतिनिधित्व गरेको छ । तपाईंहरुलाई पार्टीको गतिविधिमा समान रुपलले प्रतिनिधित्व गराउँदै लैजाने अभिप्रायले जनसम्पर्क समितिको गठनलाई उत्तिकै महत्व दिएका छौँ जति देशमा पार्टी संगठनको निर्माणमा दिएका छौँ । पार्टीको महाधिवेशन, महासमितिमा प्रतिनिधित्वको अलावा, समान नागरिक अधिकार दिने प्रयास गरिरहेका छौं । तपाईंहरुले विदेशमा हासिल गरेको ज्ञान सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तिब्र आर्थिक र सामाजिक विकास गराउन के ककस्ता नीतिगत परिवर्तन गर्नुपर्छ । हामीलाई निर्धक्क भन्नुहोस् हामी राष्ट्रिय सहमति गराएरै पारित गराउँछौं । विदेशमा रहेका नेपालीलाई सक्रिय बनाएर आइपरेका समस्या समाधान गर्ने प्रवासमा रहेका नेपालीहरुलाई अध्ययन रोजगारीमा रहेकालाई सघाउने राज्यका निकायहरुलाई परिचानल गराउने सबै क्रियाशिल रहनेछु । विश्वको जुनसुकै मुलुकमा भएपनि नेपालीप्रति सम्मान आदरभाव प्रकट हुने अवस्था तपाईहरुले सिर्जना गर्नुहुनेमा म विश्वस्त छु । लोकतन्त्रमा लोकतन्त्रलाई बचाउन तपाईहरु जस्ता शिक्षित अनुभविले परिस्थिति मिलाएर नेपाली काँग्रेसलाई पवित्र मन वचन र कर्मले निरन्तर सघाउनुपर्ने खाँचो छ । विदेशमा रहेका नेपालीहरुको प्रतिनिधित्व अमेरिका र भारतले पाएको छ हाम्रो केन्द्रीय सदस्यको रुपमा तर युरोप छुटेको छ । एसिया पनि छुटेको छ । आउदो पार्टीको महाधिवेशनमा विधानलाई संशोधन गरेर तपाईहरुको प्रतिनिधित्व सुनिश्चित गर्छौँ ।’

सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षका लागि विदेशमा रहेका शिक्षित नेपाली नागरिकले सहयोग गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?