Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३० भाद्र २०८३, मंगलवार
३० भाद्र २०८३, मंगलवार

मजदुरहरूको रगतले देशको झण्डा रातो भएको हो, बलिदानबाट निस्किएका कुरा रातै हुन्छन्ः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरूको रगतले देशको झन्डा रातो भएको बताएका छन् ।

१ सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको झण्डा ख्याल ख्यालमा रातो नभएको बताउँदै मजदुरहरूको रगतले झण्डा रातो भएको बताउदै शान्तिको प्रतीक र शान्तिपूर्ण, न्यायपूर्ण समाज हुनुपर्छ भनेर मजदुरहरूले बोकेका सेता झण्डाहरूमा गोलीका कारण रगतले झण्डा लतपतिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले रगतले लतपतिएका कारण झण्डा रातो भएपछि मजदुरहरूले अब उप्रान्त नेपालको झण्डा रातो हुने घोषणा गरेको स्मरण गर्दै बलिदानबाट निस्किएका कुरा राता हुने बताउँदै देश, कम्युनिस्ट पार्टी, मजदुरहरूको झण्डा र रङ्ग रातो भएको जिकिर गरेका छन् । उनले सङ्घर्ष र बलिदानका गाथाहरू र इतिहासलाई कहिले पनि नबिर्सिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, “आज हाम्रा सङ्घर्ष र बलिदानका गाथाहरूलाई सम्झने दिन हो । इतिहासलाई सम्झने दिन हो । हाम्रो झण्डा कसरी रातो भयो, कतिपयले रातो झण्डा भन्छन् । ख्याल ख्यालमा रातो भएको होइन । गोली खाएर ढल्दा खेरी, झण्डा समातिराख्दा खेरी रगतले झण्डा रातो भएको हो । सेतो झण्डा बोकेका थिए मजदुरहरूले, शान्तिको प्रतिकको रूपमा बोकेका थिए । शान्तिपूर्ण, न्यायपूर्ण समाज हुनुपर्छ भनेर बोकेका थिए । जब रगतले लतपतिएर झण्डा रातो भयो, त्यसपछि उनीहरूले घोषणा गरे कि अब उप्रान्त हाम्रो झण्डा रातो हुनेछ । त्यसरी कम्युनिस्ट पार्टीको झण्डा, मजदुरहरूको झण्डा, मजदुरहरूको रङ्ग प्रमुख रूपमा रातो भयो । यस कारण बलिदानबाट निस्किएका कुरा राता हुन्छन् । हाम्रो देशको झण्डा पनि रातो छ । हामीले सङ्घर्षबाटै प्राप्त गरेको झण्डा हो । तसर्थ हामी यो सङ्घर्षको गाथा झल्काउने झन्डा, यो बलिदानको इतिहास झल्काउने तथा सम्झाउने झन्डा पनि छोड्ने छैनौँ । सङ्घर्षका गाथा, बलिदानलाई कहिने पनि बिर्सिने छैनौँ ।”

नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका ओलीले एमाले सधैँ राष्ट्रियता, प्रगति, उन्नति, विकास र श्रमजीवीहरूको हक र अधिकारको पक्षमा सक्रिय भएर लाग्ने जिकिर गरेका छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?