Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

मजदुरहरूको रगतले देशको झण्डा रातो भएको हो, बलिदानबाट निस्किएका कुरा रातै हुन्छन्ः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरूको रगतले देशको झन्डा रातो भएको बताएका छन् ।

१ सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको झण्डा ख्याल ख्यालमा रातो नभएको बताउँदै मजदुरहरूको रगतले झण्डा रातो भएको बताउदै शान्तिको प्रतीक र शान्तिपूर्ण, न्यायपूर्ण समाज हुनुपर्छ भनेर मजदुरहरूले बोकेका सेता झण्डाहरूमा गोलीका कारण रगतले झण्डा लतपतिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले रगतले लतपतिएका कारण झण्डा रातो भएपछि मजदुरहरूले अब उप्रान्त नेपालको झण्डा रातो हुने घोषणा गरेको स्मरण गर्दै बलिदानबाट निस्किएका कुरा राता हुने बताउँदै देश, कम्युनिस्ट पार्टी, मजदुरहरूको झण्डा र रङ्ग रातो भएको जिकिर गरेका छन् । उनले सङ्घर्ष र बलिदानका गाथाहरू र इतिहासलाई कहिले पनि नबिर्सिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, “आज हाम्रा सङ्घर्ष र बलिदानका गाथाहरूलाई सम्झने दिन हो । इतिहासलाई सम्झने दिन हो । हाम्रो झण्डा कसरी रातो भयो, कतिपयले रातो झण्डा भन्छन् । ख्याल ख्यालमा रातो भएको होइन । गोली खाएर ढल्दा खेरी, झण्डा समातिराख्दा खेरी रगतले झण्डा रातो भएको हो । सेतो झण्डा बोकेका थिए मजदुरहरूले, शान्तिको प्रतिकको रूपमा बोकेका थिए । शान्तिपूर्ण, न्यायपूर्ण समाज हुनुपर्छ भनेर बोकेका थिए । जब रगतले लतपतिएर झण्डा रातो भयो, त्यसपछि उनीहरूले घोषणा गरे कि अब उप्रान्त हाम्रो झण्डा रातो हुनेछ । त्यसरी कम्युनिस्ट पार्टीको झण्डा, मजदुरहरूको झण्डा, मजदुरहरूको रङ्ग प्रमुख रूपमा रातो भयो । यस कारण बलिदानबाट निस्किएका कुरा राता हुन्छन् । हाम्रो देशको झण्डा पनि रातो छ । हामीले सङ्घर्षबाटै प्राप्त गरेको झण्डा हो । तसर्थ हामी यो सङ्घर्षको गाथा झल्काउने झन्डा, यो बलिदानको इतिहास झल्काउने तथा सम्झाउने झन्डा पनि छोड्ने छैनौँ । सङ्घर्षका गाथा, बलिदानलाई कहिने पनि बिर्सिने छैनौँ ।”

नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका ओलीले एमाले सधैँ राष्ट्रियता, प्रगति, उन्नति, विकास र श्रमजीवीहरूको हक र अधिकारको पक्षमा सक्रिय भएर लाग्ने जिकिर गरेका छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?