Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

गल्ती भएका कुरामा सुध्रिन तयार छौँः उपसभापति खड्का


काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिवर्तित अवस्थामा काँग्रेसले शाहसिक निर्णय लिएकोले मुलुकले आर्थिक रुपमा फड्को मारेको बताएका छन् ।

नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २०४६ सालपछिको मुलुकमा धेरै परिवर्तन भएको उल्लेख उनले विदेशमा रहेका गैरआवासीय नेपालीले मुलुकमा भएका परिवर्तनका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले संविधानले व्यवस्था गरेबमोजिमको नागरिकता ऐन ल्याइएको जानकारी दिँदै संसारभर रहेका नेपालीलाई साझा सोचका साथ अघि बढ्न आग्रह गर्दै उपसभापति खड्काले जनसम्पर्क समितिका समस्या र विदेशमा रहेका हरेक नेपालीको समस्या सुन्न आफुहरु तयार रहेको बताउदै संसारमा छरिएर रहेका नेपाली निराश नभएको भन्दै हरेक कदम सकारात्मकतातर्फ अघि बढाउनुपर्नेमा जोड दिंदै गल्ती भएका कुराहरुमा आफुहरु सुध्रिन तयार रहेकोसमेत दाबी गरेका छन् ।

उनले भने, ‘मध्यपूर्वको भ्रमणका क्रममा आफूले परराष्ट्र, श्रम मन्त्रालयलगायतका सम्बन्धित मन्त्रालयसँग र सम्बन्धित मुलुकका मन्त्रालयहरुमा तत्काल परिचालन गरी दुतावासहरुमा पैसा समेत पठाएर सुधारका कामहरु गरिएको थियो । वर्तमान परराष्ट्रमन्त्रीले पनि विदेशमा कार्यरत नेपालीहरुको सहजताका लागि काम गर्नुभएको छ । संसारमा छरिएर रहेका नेपाली निराश छैनन् । नेपाल बनाउनुपर्छ भन्ने मन मुटुमा बोकेर विदेशमा रहेका नेपाली लागि परेका छन् । विदेश तथा स्वदेशमा भएका युवाहरुमा रहेको निराशाको समाधानका लागि आपूmहरु काम गर्न तयार छौं । यसमा नेपाली काँग्रेस निराशा चिर्न जिम्मेवारपूर्वक भुमिका निर्वाह गर्न पछि पर्दैन । काँग्रेसले स्थायित्व र संविधान निर्माणका विषयमा पनि गम्भिरतापूर्वक काम गरिरहेको छ । साथै, अहिले संविधान संशोधन गरेरै भएपनि सबै दललाई मिलाएर लिएर जाने र संसारका नेपालीलाई समेत एकसाथ लिएर हिड्ने जिम्मेवारीपनि कांग्रेसले नै लिन्छ । त्यसैले, प्रमुख प्रतिपक्षी दलहरुले अफवाह फैलाउने काम गरिरहेकोले त्यसलाई समेत चिर्न काँग्रेसले भुमिका खेल्नेछ ।’

उनले मुलुकका समस्या समाधान गर्न विदेशमा रहेका नेपाली र मुलुकभित्र रहेका नेता तथा युवा जमातले प्रतिवाद गर्दै एकभएर अघि बढ्ने समय आएको बताएका छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?