Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

सरकारमा जाने कुनै रुचि छैन, अब नयाँ आन्दोलनमा जाने होः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारमा जाने कुनै रुचि नभएको स्पष्ट पारेका छन् ।

१ सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो स्पष्ट पारेका छन् । अध्यक्ष दाहालले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि नभएको बताउँदै आफूहरू जनताहरूसँग ठिक रहेको बताएका छन् । उनले सञ्चारमाध्यममा आउने विभिन्न समाचारहरूबाट अलमलमा नपर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले आफूहरू फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकमा देखिएका तमाम समस्याहरूको समाधान गर्न अग्रसर भएको जिकिर गर्दै फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिने बताउँदै एकताको बलमा पार्टीलाई नयाँ ठाउँमा लैजाने जमर्को गरिरहेको धारणा राखेका छन् ।

अध्यक्ष दाहालले भने,“हामी अब फेरि एकचोटी यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने हामीलाई कुनै रुचि छैन । हामी जनतासँगै ठिक छौँ । हामी हाम्रो वर्गसँगै ठिक छौँ । तपाईँहरू कन्फ्युजनमा नपर्नुहोला, विभिन्न खालका मिडियामा आउने समाचारबाट गम्भीर नहुनु होला । हामी आन्दोलनद्वारा फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा यी तमाम समस्याहरूको समाधान गर्नतिर हामी अग्रसर छौँ । मैले तपाईंहरूलाई गम्भीरपूर्वक अपिल गर्न चाहन्छु, तपाईंहरू अगाडी आउँदा यो देशले फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित तपाईँ हामीले अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिनेछ । म विश्वास दिलाउन चाहन्छु, हाम्रो एकताको बलमा र हामीले अहिले पार्टीलाई नयाँ ठाउँमा लैजान जुन जमर्को लिडरसिपको लेभलबाट गरेका छौँ, त्यसलाई तलसम्म पुर्याउन सकियो भने संविधान संशोधन पनि हामीले भनेअनुसार गर्न सकिन्छ ।”

अध्यक्ष दाहालले माओवादी केन्द्रलाई कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो भन्दै आरोपित र अपमानित गर्न खोजिएको बताउदै माओवादी केन्द्रले कसैसँग नमिली आफ्नै खुट्टामा उभिएर चुनाव लडेपछि गत उपनिर्वाचनमा देशकै पहिलो पार्टी बनेको जिकिर गरेका छन् । उनले नेपाली काँग्रेस र नेकपा (एमाले)का विद्यार्थी सङ्गठनहरू मिल्दा समेत गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफूहरूले धेरै ठाउँ जितेको र ऐतिहासिक रेकर्ड बनेको जिकिर गर्दै उनले नयाँ आन्दोलन, नयाँ अभियान र नयाँ क्रान्तिको नेतृत्व गर्न पार्टी तयार रहेको दोहोर्याउँदै आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले भने, “हामीलाई अरू कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो माओवादी भनेर आरोपित गर्न खोजियो । हामीलाई अपमानित गर्न खोजियो । तर, तपाईं हामीले देख्यौँ, जब हाम्रो पार्टीले अब कसैसँग नमिली आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने, एक्लै अगाडी बढ्ने भन्यौँ, उपनिर्वाचनमा तपाईँहरूले देख्नुभयो, हामी देशकै एक नम्बर पार्टी बन्यौँ । काँग्रेस र एमाले मिल्दा पनि हामीले स्ववियु निर्वाचनमा धेरै ठाउँमा जितेका छौँ र ऐतिहासिक रेकर्डहरू बनेका छन् । मलाई विश्वास छ, हामीले त्यो आत्मविश्वासका साथ काम ग¥यौं भने छिटै हामी फेरी अहिले देखा परेका तमाम समस्याहरू समाधान गर्न सकिन्छ । तपाईंहरू विचार गर्नुहोला, समय छिटै नै आउँदै छ, एउटा नयाँ आन्दोलनको, नयाँ अभियानको, नयाँ क्रान्तिको.. त्यसको नेतृत्व गर्न पार्टी तयार छ । तपाईंहरू पनि आन्दोलनका लागि तयार रहनुस् ।”

अध्यक्ष दाहाले मुलुकमा पछिल्लो समय राजनीतिक परिवर्तनलाई नै उल्ट्याउने दुस्साहस हुन खोजेको बताउँदै उक्त दुःशाहसलाई रोक्ने ठूलो जिम्मेवारी आफूहरूको काँधमा आएको समेत बताएका छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?