Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

विदेशबाट छोराछारीले जसलाई भन्छन् अभिभावकले त्यसैलाई भोट दिन्छन्ः गोपालमान श्रेष्ठ


काठमाडौँ। नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले विदेशबाट छोराछोरीले दिएको सुझावअनुसार नै नेपालमा परिवारले मत दिन संस्कार विकास भएको बताएका छन् ।

नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीवार पार्टी केन्द्रिय कर्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशबाट छोराछोरीले जुन पार्टीलाई मतदान गर्नु भन्यो त्यही पार्टीको चुनाव चिन्हमा बुबाआमाले मतदान गर्ने गरेको विगतमा भएको निर्वाचनले देखाएको बताएका छन् । नेपालको कूल युवा जनसंख्याको २५ प्रतिशत अंश विदेशमा रहेकाले नेपाली काँग्रेसको जनसम्पर्क समितिले उनीहरुसँग सम्पर्क बढाउनुपर्ने बताएका छन्। उनले पञ्चायती व्यवस्थामा पासपोर्ट नबन्ने भएकाले विदेश जाने प्रायः असम्भव हुने गरेको बताउदै उनले नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना पछि नेपालीहरु अध्ययन, रोजगारी तथा विभिन्न अभिप्रायले विदेश जाने वातावरण निर्माण भएको बताएका छन् ।

उनले भने, ‘पञ्चायतको बेलामा विदेश जाने भनेको अर्कै कुरा थियो, सोच्नै नसक्ने अवस्था थियो । पासपोर्ट व्यवस्थै थिएन भने पनि हुन्छ । डेमोक्रेसी आयो पासपोर्ट बन्यो, कोही विद्यार्थी भिसामा कोही वर्किङ भिसामा गरेर अहिले संसारभर अमेरिकादेखि यूरोप, जापान, खाडी मुलुकमा फैलिएर बसेको छ । हाम्रा नेपाली युवाहरु करिव २५ प्रतिशत भन्दा बढी विदेशमा छन् । र जनसंख्याको ठूलो अंश विदेशमा छ । यो जनसम्पर्क समितिले राम्रोसँग ठाउँठाउँमा जनसम्पर्क समितिले राम्रो अर्गनाइज ग¥यो भने यसको प्रतिफल अत्यन्त राम्रो हुन्छ भन्ने मैले देखेको छु । गत चुनावहरुमा के देखियो भने छोराहरुले जे निर्देशन ग¥यो किनभने उस्ले पैसा पठाइ दिन्छ, हातमुख जोड्छ घरको श्रीमती होस् आमा होस् बाबु होस् त्यो बाहिरबाट जे निर्देशन आउँछ त्यही निर्वाचन चिन्हमा भोट हाल्ने प्रक्रिया पनि चलेको छ । समस्या सबै ठाउँमा छ होला । हाम्रो जनसम्पर्क समिति अमेरिका युरोप, जापान, खाडी मुलुक सबै ठाउँमा फैलिएको छ । यो जनसम्पर्क समितिले राम्रो सम्पर्क गरेर भविष्यमा हुने निर्वाचनमा हाम्रो पार्टीको समर्थनमा जनमत तयार गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्छु ।’

पूर्वउपसभापति श्रेष्ठले खाडीलगायत ठूलो संख्यामा प्रवासी नेपाली रहेका देशमा संगठन बिस्तार गरी काँग्रेसको पक्षमा जनमत हुने वातावरण सिर्जना गर्न जनसम्पर्क समितिलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?