Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइः परराष्ट्रमन्त्री राणा


काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइ भएको बताएकी छिन् ।

नेपाली काँग्रेसको जनसम्पर्क विभागले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले संविधान जारी भएपछिका वर्षहरूमा बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत निरन्तरतामा बाधा पुगेको उनको भनाइ छ ।

उनले सरकारको स्थायीत्वको अभावले नीतिगत काममा समेत समस्या परेको कारण दुई मुख्य प्रतिष्पर्धी दलहरु मिलेर सरकार चलाउनुपरेको दाबी गरेकी छिन् ।उनले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण चाहेअनुसार नभएकै कारण एमालेसँग मिल्नुपरेको टिप्पणी गर्दै गैरआवासीय नागरिकताको अधिकारका विषय कानूनको मस्यौदा तयार भइरहेको र छिट्टै संसदमा पेश गरिने बताएकी छिन् ।

उनले भनिन्, ‘एनआरएन नागरिकता दिन ढिलो भएकै हो । अहिले स्थायी सरार आयो कि भनेर अलिकति गति पक्रेको चाहीँ छ । संविधान निर्माणपछि बीचका सरकारले गैरआवासीय नागरिकताको विषयमा ध्यान पु¥याउन नसकेको हो । सरकार एकदमै अस्थायी र अस्थिर हुने, एउटा सरकारले गति लिन थाल्यो कि अर्को सरकार बन्ने यो कारणले पनि अहिले दुईवटा ठूलो र प्रतिष्पर्धी दलहरु नै मिलेर सरकार बनाउनुपरेको कारण पनि यही हो । किनभने हामीले आर्थिक, सामाजिक रुपान्तरण जुन हामीले खोजेका थियौं । त्यो हुन सकेन कि भन्ने हामी सबैलाई लागेर चुनावमा हेरौंला अहिले मिलेरै चलाउँ भनेर चलाएका छौं । यो गैरआवासीय नागरिकतासम्बन्धमा गैरआवासीय नागरिकहरुको सुझावकै आधारमा ड्राफ्ट प्रोसेस चलिरहेको छ ।’

उनले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणको लक्ष्य पूरा गर्न साझा सहकार्य र स्थायीत्व अपरिहार्य रहेको बताएकी छिन् ।


प्रकाशित मिति: १८ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?