Trending
>>   विदेशबाट छोराछारीले जसलाई भन्छन् अभिभावकले त्यसैलाई भोट दिन्छन्ः गोपालमान श्रेष्ठ >>   गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम गर्न सकेनः उपसभापति गुरुङ >>   लोकतन्त्र बचाउन प्रवासी नेपालीको भुमिका महत्वपूर्णः सभापति देउवा >>   सरकारमा जाने कुनै रुचि छैन, अब नयाँ आन्दोलनमा जाने होः अध्यक्ष दाहाल >>   राष्ट्रिय हक्कीमा कोशी र गण्डकी विजयी >>   गैरआवासीय नागरिकको अधिकार सुनिश्चित गर्न ऐन निर्माण प्रक्रियामा छः गृहमन्त्री लेखक >>   मजदुरहरूको रगतले देशको झण्डा रातो भएको हो, बलिदानबाट निस्किएका कुरा रातै हुन्छन्ः प्रधानमन्त्री >>   गल्ती भएका कुरामा सुध्रिन तयार छौँः उपसभापति खड्का >>   रातो मत्स्येन्द्रनाथको रथ गाःबहालमा तानियो (तस्बिरहरु) >>   सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइः परराष्ट्रमन्त्री राणा
Logo
१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

स्वास्थ्यसँग सम्बन्धित चश्मा आयातमा भन्सार छुट हुनुपर्छः चश्मा व्यवसायी


काठमाडौँ। करमार्फत राज्यको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको चश्मा व्यवसायलाई राज्यले योजना बनाएर बजेटको व्यवस्था गर्नुपर्ने चश्मा व्यवसायीहरुले बताएका छन् ।

काठमाडौंमा जारी अप्टिकल एक्स्पोमा व्यवसायीहरुले चश्मा व्यवसायीको हकहितका लागि काम गर्नु सरकारको दायित्व भएको बताएका हुन् । एक्स्पोमार्फत आएको परिणामले भविष्यमा यस्ता कार्यक्रम गर्न थप हौसला मिलेको उनीहरुको भनाइ छ । आयातकर्ता र खुद्रा विक्रेतालाई जोड्ने काम गर्ने प्रदर्शनीमा खुद्रा चश्मा पसलमा आवश्यक सम्पूर्ण सामानहरु उपलब्ध हुने व्यवसायीको भनाइ छ । प्रदर्शनी पहिलो पटक आयोजना गरिएको भएपनि ग्राहकको उपस्थितिले उत्साह थपिएको व्यवसायीले बताएका छन् ।

अप्टिकल एशोसिएशन व्यवसायी सङ्घका सहसचिव देवेन्द्र मास्केले नेपालको अर्थतन्त्रमा चश्मा व्यवसायले ठूलो हिस्सा ओगटेको बताए । मानव शरीरको महत्वपूर्ण र संवेदनशील अंग आँखाको क्षेत्रमा काम गर्ने चश्मा व्यवसायीलाई व्यवसायको संरक्षण र प्रवद्र्धन गर्न प्रदर्शनीले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । प्रदर्शनीमा देखिएको भीडले प्रदर्शनीको उद्देश्य पूरा भएको देखाउने उनको भनाइ छ । उनले चश्मा व्यवसायीलाई राज्यले तालिमको व्यवस्था गर्नुपर्ने बताए ।

चश्मा व्यवासायी होलसेल सङ्घका महासचिव छविलाल तिमल्सिनाले चश्मा व्यवसायीका समस्यामा सरकारले ध्यान दिनुपर्ने बताउदै उनले चश्माको आयातमा अत्याधिक कर लगाइएकाले सरकारले त्यसमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । कर तिर्दा पनि कतिपय अवस्थामा व्यवसायीहरुले दुःख पाएको उनको गुनासो छ । चश्मा व्यवसाय मान्छेको स्वास्थ्यसँग सम्बन्धित भएकाले आयातमा भन्सार छुट गर्नुपर्ने उनको माग छ ।

वैशाख ५ गतेदेखि शुरु भएको प्रदर्शनी वैशाख ७ गतेसम्म जारी रहने आयोजकको भनाइ छ ।


प्रकाशित मिति: ७ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?