Trending
>>   विदेशबाट छोराछारीले जसलाई भन्छन् अभिभावकले त्यसैलाई भोट दिन्छन्ः गोपालमान श्रेष्ठ >>   गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम गर्न सकेनः उपसभापति गुरुङ >>   लोकतन्त्र बचाउन प्रवासी नेपालीको भुमिका महत्वपूर्णः सभापति देउवा >>   सरकारमा जाने कुनै रुचि छैन, अब नयाँ आन्दोलनमा जाने होः अध्यक्ष दाहाल >>   राष्ट्रिय हक्कीमा कोशी र गण्डकी विजयी >>   गैरआवासीय नागरिकको अधिकार सुनिश्चित गर्न ऐन निर्माण प्रक्रियामा छः गृहमन्त्री लेखक >>   मजदुरहरूको रगतले देशको झण्डा रातो भएको हो, बलिदानबाट निस्किएका कुरा रातै हुन्छन्ः प्रधानमन्त्री >>   गल्ती भएका कुरामा सुध्रिन तयार छौँः उपसभापति खड्का >>   रातो मत्स्येन्द्रनाथको रथ गाःबहालमा तानियो (तस्बिरहरु) >>   सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइः परराष्ट्रमन्त्री राणा
Logo
१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा मात्र सिमित नराखियोस्ः माधव सापकोटा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवादको तयारी प्रक्रियामा सरकार र सरकार निकट व्यक्तिहरूको मात्र सहभागिता देखिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष समेत रहनुभएका केपी शर्मा ओलीलाई भेटेर उनले यस्तो बताएका हुन् । जलवायु परिवर्तनजस्तो विश्वव्यापी र बहुआयामिक चुनौतीको सामना गर्न सबै पक्षको सहभागिता र पहलकदमी अपरिहार्य भएपनि सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सिमिति राख्न खोजिएको आरोप लगाए। सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सीमित नराखी सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, विज्ञ समुदाय र आम जनताको साझा मञ्चको रूपमा स्थापित गरिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘जलवायु परिवर्तनजस्तो विश्वव्यापी र बहुआयामिक चुनौतीको सामना गर्न सबै पक्षको सहभागिता र पहलकदमी अपरिहार्य छ । तर सगरमाथा संवादको तयारी प्रक्रियामा सरकार र सरकार निकट व्यक्तिहरूको मात्र सहभागिता देखिनु विडम्बनापूर्ण छ । यो संवादलाई सत्तापक्षको कार्यक्रममा सीमित नराखी सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, विज्ञ समुदाय र आम जनताको साझा मञ्चको रूपमा स्थापित गरिनु पर्दछ । यसले मात्र संवादको विश्वसनीयता, प्रभावकारिता र राष्ट्रिय स्वामित्व सुनिश्चित गर्दछ ।’

उनले समावेशी संरचना र सहभागितामूलक प्रक्रियामार्फत सगरमाथा संवादलाई राष्ट्रिय गौरवको संवाद बनाउन र सबैको अपनत्ववोध गराउन सरकारको ध्यानाकर्षण समेत गराएका छन् । उनले जलवायु न्याय र हिमाल संरक्षणको विषय अन्तर्राष्ट्रिय कुटनीतिको संवेदनशील विषय भएको बताउंदै विभिन्न देशबाट आमन्त्रित पाहुनामाझ प्रस्तुत गर्ने अवधारणा, कार्यपत्र र दृष्टिकोणले राष्ट्रिय एकता र विश्वसनीयता झल्काउनुपर्ने उल्लेख गर्दै यसका लागि सबै राजनीतिक दल, विज्ञ, नागरिक समाज र सरोकारवालासँग गहन छलफल, परामर्श र सहमति हुनु आवश्यक रहेको बताए ।

उनले सगरमाथा संवादलाई पारदर्शी प्रक्रियाबाट राष्ट्रिय सहमतिमार्फत ऐतिहासिक अवसर बनाउन र नेपालको जलवायु कूटनीतिमा कोशेढुङ्गाका रुपमा स्थापित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।


प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?