Trending
>>   विदेशबाट छोराछारीले जसलाई भन्छन् अभिभावकले त्यसैलाई भोट दिन्छन्ः गोपालमान श्रेष्ठ >>   गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम गर्न सकेनः उपसभापति गुरुङ >>   लोकतन्त्र बचाउन प्रवासी नेपालीको भुमिका महत्वपूर्णः सभापति देउवा >>   सरकारमा जाने कुनै रुचि छैन, अब नयाँ आन्दोलनमा जाने होः अध्यक्ष दाहाल >>   राष्ट्रिय हक्कीमा कोशी र गण्डकी विजयी >>   गैरआवासीय नागरिकको अधिकार सुनिश्चित गर्न ऐन निर्माण प्रक्रियामा छः गृहमन्त्री लेखक >>   मजदुरहरूको रगतले देशको झण्डा रातो भएको हो, बलिदानबाट निस्किएका कुरा रातै हुन्छन्ः प्रधानमन्त्री >>   गल्ती भएका कुरामा सुध्रिन तयार छौँः उपसभापति खड्का >>   रातो मत्स्येन्द्रनाथको रथ गाःबहालमा तानियो (तस्बिरहरु) >>   सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइः परराष्ट्रमन्त्री राणा
Logo
१९ बैशाख २०८२, शुक्रबार
१९ बैशाख २०८२, शुक्रबार

पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याइनुपर्छः महेश बर्तौला


काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेहिताको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै उनले तिनकुने घटना फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यबाट शुरु भएकाले कतै न कतै उनका भुमिका भएको दाबी गरेका छन् । उनले उक्त घटनामा पूर्वराजा शाहको भुमिकाबारे सार्वजनिक प्रश्न उठेकाले उक्त विषयमा छानबिनबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्न माग गरेका छन् । उनले उक्त घटना सुनियोजित र प्रायोजित ढंगले गरिएको जिकिर गर्दै घटनामा सुरक्षा निकायले संवेदनशिलता देखाएकाले थप ठूलो घटना हुनबाट बचेको उनको भनाइ छ । उनले प्रहरीमाथि हेर्नै नसकिने तरिकाको निर्मम र पाशविक प्रहार भएको र उक्त घटना कुनैपनि राजनीतिक मागसँग जोडिएको आन्दोलन नभएको बताएका छन् ।

प्रमखु सचेतक बर्तौलाले तीनकुने घटनाले तीनकुने क्षेत्र अत्यन्तै संवेदनशील स्थान भएकाले त्यस्ता स्थानमा प्रदर्शन गर्न दिने कुरामा विशेष ख्याल गर्नुपर्ने बताउदै घटनाको दोषी जो सुकै भएपनि उन्मुक्ति कसैलाई दिन नहुनेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २९ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?