Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरु सरकारले चरणवद्ध कार्यान्वयन गर्छः अर्थमन्त्री


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरुलाई सरकारले चरणवद्ध रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्  ।

शुक्रवार मन्त्रालयमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आयोगले सुझाएका विषयहरुलाई चरणवद्ध रुपमा कार्यान्वयन गर्ने हिसावले योजनाहरु बनाउने प्रतिवद्धता जनाएका हुन्  । उनले आयोगद्वारा प्रश्तुत गरिएको अन्तरिम प्रतिवेदन पनि क्रमशः कार्यान्वयन गरिरहेको र आयोगले दिएको प्रतिवेदनलाई गहन रुपले अध्ययन गरेर प्रतिवेदनमा सुझाइएका विषयहरुलाई कार्यान्वयनमा लैजाने बताए ।

अर्थमन्त्री पौडेलले विगतमा आयोग बनाउने, आयोगको प्रतिवेदन दराज सजाउनका निम्ति प्रयोग हुने गरेको अनुभव रहेको भन्दै वर्तमान सरकारले दराज सजाउनका लागि आयोग नबनाएको बताएका छन्  । उनले त्यसको महशुस छिटै देखिने पनि उल्लेख  गर्दै आयोगको प्रतिवेदन राष्ट्रलाई आर्थिक क्षेत्रका समस्याहरुबाट माथि निस्किन सहयोग हुने बताएका छन् ।

उपप्रधानमन्त्री पौडेलले भने, ‘आयोगले सुझाएका विषयहरुलाई चरणवद्ध रुपमा कार्यान्वयन गर्ने हिसावले हामीले योजना बनाउनेछौँ । सामान्यतया आयोगले कुन ओरिन्टेशनमा सोचेको छ होला भन्ने अनुमान गर्नको लागि कस्ता सुझावहरु समेटेको छ होला भन्ने अनुमान गर्नको लागि आयोगद्वारा प्रश्तुत गरिएको अन्तरिम प्रतिवेदनले पनि एउटा आधार दिएको छ । अन्तरिम प्रतिवेदनमा पनि केही महत्वपूर्ण विषयहरु यहाँहरुले संगठित गर्नुभएको थियो । ति चिजहरु क्रमशः कार्यान्वयन लगिरहेका छाँै । यो समग्र प्रतिवेदनलाई हामी गहिरो गरी अध्ययन गर्नेछौँ । प्रतिवेदनमा सुझाइएका विषयहरुलाई कार्यान्वयनमा लैजाने हिसावले हामी प्लानिङ गर्नेछौँ । विगतमा यदाकदा यस्तो पनि हुने गरेको छ की आयोग बनाउने, आयोगको प्रतिवेदन दराज सजाउनका निम्ति प्रयोग हुने त्यस्तो पनि अनुभव छ । यस पटक सरकारले दराज सजाउनको लागि आयोग गठन गरेको थिएन । आयोगका सुझाव कार्यान्वयनका लागि थियो भन्नेकुरा स्थापित गर्ने सरकारको अभ्यास रहनेछ । राष्ट्रलाई आर्थिक क्षेत्रका समस्याहरुबाट माथि निस्किन सहयोग पुग्ने काम हो ।’

उपप्रधानमन्त्री पौडेलले आयोगको प्रतिवेदनमा अर्थतन्त्रका समस्या चिन्न र चिर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका  छन् ।


प्रकाशित मिति: २९ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?