Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयत्न सफल हुन दिन्नौंः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयास सफल हुन नदिने बताएका छन् ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले राजतन्त्रको पालमा कहिलेपनि नेपाली जनतामा सार्वभौम सत्तालाई निहित नगरिएको कारण गणतन्त्र स्थापना भएको उल्लेख गर्दै व्यवस्था उल्टयाउनेबारे नसोच्न चेतावनी दिएका छन् । उनले जनतामा आक्रोश र असन्तुष्टि रहेपनि सरकार राम्रो काम गर्ने प्रयत्न गरिरहेको बताउदै सरकारले चाहेजति राम्रो काम गर्न नसकेको स्वीकार समेत गरेका छन् । उनले घरमा फोहोर भयो र मुसा पस्यो भने घर सफा गरेर मुसा भगाउने हो कि घरमा आगो लगाउने हो ? भन्दै प्रश्न समेत गरेका छन् । उनले वर्तमान व्यवस्थालाई सुदृढ गर्नुको अरु कुनै विकल्प नरहेको स्पष्ट पारेका छन् ।

उनले भने, ‘नेपालको राजतन्त्रको कालखण्डमा कहिलेपनि नेपाली जनतामा सार्वभौम सत्तालाई निहित गरिएन । त्यसकारण मुलुक गणतन्त्रमा गएको हो । र यो व्यवस्थाको संविधान बनेको हो । त्यसकारण जनताको सार्वभौम सत्ता खोस्न पाइदैन । यसमा हामी प्रष्ट हौं । यो प्रयत्न जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयत्न हो । जनतामा आक्रोश र असन्तुष्टि रहेकाले त्यसो भएको भन्ने कुरा साथिहरुले उठाउनु भएको छ । हामीले राम्रो गर्न कोशिस गरिराखेका छौं, राम्रो गरिरहेका छौं । तथापि जति गर्न सक्नुपथ्र्यो, त्यस्तो गर्न सकिएको अवस्था छैन । कमि कमजोरि होलान् । यो स्वीकार्न कुनै अप्ठ्यारो छैन । तर घरमा फोहोर भयो, घरमा मुसा पसे भने घर फोहार भयो भने मुसा लखेट्ने र सफा गर्ने हो कि घरमा आगो लगाउने हो ? त्यो विकल्प पनि यही गरिमामय संसदले तय गर्ने हो । त्यसकारण घर सफा गर्न म आग्रह गर्न चाहन्छु, आगो लगाउने विकल्प हुन सक्दैन ।

संघीय लोकतान्त्रि गणतन्त्रात्मक व्यवस्थाका कमजोरीहरुलाई यही व्यवस्थाको माध्यमबाट ठिक गर्दै लैजानुपर्ने उहाँको भनाइ छ ।


प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?