Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयत्न सफल हुन दिन्नौंः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयास सफल हुन नदिने बताएका छन् ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले राजतन्त्रको पालमा कहिलेपनि नेपाली जनतामा सार्वभौम सत्तालाई निहित नगरिएको कारण गणतन्त्र स्थापना भएको उल्लेख गर्दै व्यवस्था उल्टयाउनेबारे नसोच्न चेतावनी दिएका छन् । उनले जनतामा आक्रोश र असन्तुष्टि रहेपनि सरकार राम्रो काम गर्ने प्रयत्न गरिरहेको बताउदै सरकारले चाहेजति राम्रो काम गर्न नसकेको स्वीकार समेत गरेका छन् । उनले घरमा फोहोर भयो र मुसा पस्यो भने घर सफा गरेर मुसा भगाउने हो कि घरमा आगो लगाउने हो ? भन्दै प्रश्न समेत गरेका छन् । उनले वर्तमान व्यवस्थालाई सुदृढ गर्नुको अरु कुनै विकल्प नरहेको स्पष्ट पारेका छन् ।

उनले भने, ‘नेपालको राजतन्त्रको कालखण्डमा कहिलेपनि नेपाली जनतामा सार्वभौम सत्तालाई निहित गरिएन । त्यसकारण मुलुक गणतन्त्रमा गएको हो । र यो व्यवस्थाको संविधान बनेको हो । त्यसकारण जनताको सार्वभौम सत्ता खोस्न पाइदैन । यसमा हामी प्रष्ट हौं । यो प्रयत्न जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयत्न हो । जनतामा आक्रोश र असन्तुष्टि रहेकाले त्यसो भएको भन्ने कुरा साथिहरुले उठाउनु भएको छ । हामीले राम्रो गर्न कोशिस गरिराखेका छौं, राम्रो गरिरहेका छौं । तथापि जति गर्न सक्नुपथ्र्यो, त्यस्तो गर्न सकिएको अवस्था छैन । कमि कमजोरि होलान् । यो स्वीकार्न कुनै अप्ठ्यारो छैन । तर घरमा फोहोर भयो, घरमा मुसा पसे भने घर फोहार भयो भने मुसा लखेट्ने र सफा गर्ने हो कि घरमा आगो लगाउने हो ? त्यो विकल्प पनि यही गरिमामय संसदले तय गर्ने हो । त्यसकारण घर सफा गर्न म आग्रह गर्न चाहन्छु, आगो लगाउने विकल्प हुन सक्दैन ।

संघीय लोकतान्त्रि गणतन्त्रात्मक व्यवस्थाका कमजोरीहरुलाई यही व्यवस्थाको माध्यमबाट ठिक गर्दै लैजानुपर्ने उहाँको भनाइ छ ।


प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?