Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

नेपाल टी–ट्वान्टी क्रिकेट : लुम्बिनी अल स्टार फाइनलमा


राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला व्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरको पारी एक सय ३७ रनमा समेटियो । यस क्रममा जनकपुरले सात विकेट गुमाएको थियो । लुम्बिीनीका लागि ब्याटिङ गर्ने क्रममा इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । यस्तै अनिल शाहले २४, विपुल शर्माले २०, श्याड्ली भानले १७ , लाहिरु मिलान्थाले १६ तथा कप्तान दिपेन्द्रसिंह ऐरीले १० रन बनाए । बलिङतर्फ जनकपुरका जितेन्द्र मुखिया, असन प्रियरन्जन र सोमपाल कार्मीले दुई÷दुई तथा पवन सर्राफ र ट्राभोन ग्रिफिथले एक÷एक विकेट लिए । यसैगरी एक सय ४४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरका लागि समिउल्लाह शिनवरीले सर्वाधिक ४५ रनको योगदान दिए । यस्तै पवन शर्राफले अविजित ३०, शारफुद्धिन असरफले २४, राजेश पुलामीले १३ र ट्राभोन ग्रिफिथले १० रन बनाए ।

बलिङतर्फ लुम्बिनीका दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुई÷दुई तथा श्याड्ली भानले एक विकेट लिए । प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछ ।


प्रकाशित मिति: २४ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?