
भक्तपुर। नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१÷२०८२ चैत्र २८ गतेदेखि शुरु हुने भएको छ ।
बिहीवार महोत्सव आयोजक समितिले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । मेला चैत्र २८ गतेदेखि वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित खुला चौरमा हुने आयोजकले बताएको छ ।
महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्रीहरु, खाद्यान्नका सामग्रीहरु, भाँडाकुँडाकासाथै विभिन्न प्रकारका लत्ता कपडा, जुत्ताहरु राखिने बताइएको छ । हस्तकलाका सामग्रीका साथै औद्योगिक उत्पादनका प्रदर्शनी, अटो मोबाइल, आधुनिक कृषि औजार सामग्रीहरु विक्रीका लागि राखिने आयोजकको भनाइ छ । मेलामा विक्री गरिने सामग्रीहरुमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको र १ सय ५० वटा स्टल रहने बतााइएको छ । करिव ५ लाख बढीले महोत्सवको अवलोकन गर्ने आयोजकको विश्वास छ ।
महोत्सवमा ५० र ८० रुपैयाँको प्रवेश शुल्क रहने र विद्यार्थी र ज्येष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था रहेको पनि आयोजकको भनाइ छ ।
प्रकाशित मिति: १४ चैत्र २०८१, बिहीबार