Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

संसद अवरुद्ध गरेर प्रतिपक्षी संसद सञ्चालनको विरुद्धमा गयोः रामहरि खतिवडा


काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले देशमा संकट परेको बेलामा सबै दल मिलेर जानुपर्नेमा प्रमुख प्रतिपक्षका कारण संसद अवरुद्ध भएको बताएका छन् ।

आईतवार विपक्षीहरुको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले देशमा समस्या परेको बेलमा सांसदहरुले एकतावद्ध भएर संसदमा आफ्नो कुरा राख्न पाउने प्रचलनविरुद्ध प्रतिपक्ष लागेको बताए । सभामुखले आपतकालीन समय उपलब्ध गराउने भन्दा भन्दै प्रतिपक्षीहरुले संसद अवरुद्ध गरेको उनको भनाइ छ । उनले प्रधानमन्त्रीले सोमवार संसदमा जवाफ दिने भनेर सभामुखले जानकारी दिँदा पनि विपक्षीले संसद चल्न नदिएको बताएका छन् ।

उनले भने, ‘सत्तापक्ष प्रतिपक्ष भन्ने आफ्नै ठाउँमा होला, तर देशलाई अप्ठ्यारो परेको बेलामा सबै एकतावद्ध भएर संसदबाट आफ्नो कुरा राख्न पाउने प्रचलन हुन्छ र त्यसलाई प्रयोग गरौँ भन्ने हाम्रो धारणा थियो । सभामुखले म सयम दिन्छु भन्दा भन्दै पनि हामी त बसेका थियौँ, त्यो हाम्रो पनि माग हो आपतकालीन अवस्थामा आपतकालीन समय लिएर सबै सांसदले आफ्ना कुरा राख्न माग गरे सभामुखले बस्नुस् म समय दिन्छु भन्दा पनि प्रमुख प्रतिपक्षले नमानेका कारण संसद अवरुद्ध भयो । प्रधानमन्त्री भोलि आउने भनेर सभामुखले जवाफ दिइसक्नु भएको छ प्रधानमन्त्रीले जवाफ दिने र आज संसदमा सबै पोलिटिकल पार्टीका सांसदहरुले कुरा राख्ने भन्दा पनि संसद चल्न विभिन्न कारणले प्रमुख प्रतिपक्षी दलहरुले दिनुभएन ।’

सांसद खतिवडाले तीनकुने घटनाको प्रसंगमा संविधान मान्छु भनेर शपथ लिएर आउनेले संविधान समाप्त पार्ने खेल खेलेको आरोप लगाएका छन् ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?