Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

प्रमुख प्रतिपक्षीको मागमा दम र आधार छैनः सांसद रघुजी पन्त


काठमाडौँ। नेकपा एमालेका सांसद रघुजी पन्तले वर्तमान संविधानको कार्यान्वयन र रक्षाका लागि आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।

आईतवार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले संसदमा सबैले बोल्न पाउने संवैधानिक हक भएको बताए । उनले प्रतिपक्षले संसद अवरुद्ध गरेकाले तीनकुनेमा भएको घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिन नपाएको बताएका छन् । उनले प्रतिपक्षले जे विषय उठाएर संसद अवरुद्ध गरेका छन् उक्त विषयमा दम र आधार नभएको आरोप लगाएका छन् । उनले पूर्वराजाको नेतृत्व र निर्देशनमा तीनकुने घटना भएको दाबी गर्दै त्यसबारेमा संसदमा छलफल गरेर प्रष्ट र साझा धारणा बनाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले संसदमा जवाफ दिन आउँछु भन्दा भन्दै विपक्षीले संसद अवरुद्ध गर्नु उचित नभएको उनको भनाइ छ ।

उनले भने, ‘नेकपा एमाले वर्तमान संविधानको रक्षाका लागि कटिबद्ध छ । यसलाई कार्यान्वयन गर्ने पक्षमा दृढतापूर्वक उभिएको छ । र यो संविधानलाई रक्षा गर्न, विकास गर्न र विकसित गर्न लागि रहेको हुँदाखेरि प्रतिपक्षले बोल्न नपाउने भन्ने कुरै छैन । तर प्रतिपक्षले बोल्न उठाएको कुरामा उस्को आवाजमा पनि दम र आधार हुनुप¥यो नि । १५ गतेको दिन यत्रो ठूलो घटना भएको छ काठमाडौंमा, त्यो घटनाका बारेमा आज संसदमा आएर देशलाई जानकारी दिन पाउनुपर्छ कि पर्दैन गृहमन्त्रीले ? प्रधानमन्त्रीले त भनी सक्नुभयो भोलि आउँछु भनेर १८गते । प्रधानमन्त्रीले आउँछु भन्दा भन्दै हाउस यसरी रोक्नु उचित भएन, हाउस चलाऔँ, १५ गतेको घटनाबारे गम्भीरतापूर्वक छलफल गरौँ । संविधानमाथि आक्रमण भएको छ, संविधानलाई उल्ट्याउने कोसिस भएको छ । भूपू भइसकेका राजाको नेतृत्वमा उनको पहलकदमीमा निर्देशनमा जे घटना काठमाडौंमा १५ गते घट्यो त्यसबारे संसदले छलफल गरेर एउटा प्रष्ट धारणा बनाएर अगाडि बढ्नु पर्ने कुरा प्राथमिक हुनु पथ्र्यो आज ।’

सांसद पन्तले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ भन्ने प्रमुख प्रतिपक्षको माग संविधानसम्मत र प्रतिनिधि सभा नियमावली अनुरुप नभएको दाबी गरेका छन् ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?