Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

प्रमुख प्रतिपक्षीको मागमा दम र आधार छैनः सांसद रघुजी पन्त


काठमाडौँ। नेकपा एमालेका सांसद रघुजी पन्तले वर्तमान संविधानको कार्यान्वयन र रक्षाका लागि आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।

आईतवार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले संसदमा सबैले बोल्न पाउने संवैधानिक हक भएको बताए । उनले प्रतिपक्षले संसद अवरुद्ध गरेकाले तीनकुनेमा भएको घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिन नपाएको बताएका छन् । उनले प्रतिपक्षले जे विषय उठाएर संसद अवरुद्ध गरेका छन् उक्त विषयमा दम र आधार नभएको आरोप लगाएका छन् । उनले पूर्वराजाको नेतृत्व र निर्देशनमा तीनकुने घटना भएको दाबी गर्दै त्यसबारेमा संसदमा छलफल गरेर प्रष्ट र साझा धारणा बनाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले संसदमा जवाफ दिन आउँछु भन्दा भन्दै विपक्षीले संसद अवरुद्ध गर्नु उचित नभएको उनको भनाइ छ ।

उनले भने, ‘नेकपा एमाले वर्तमान संविधानको रक्षाका लागि कटिबद्ध छ । यसलाई कार्यान्वयन गर्ने पक्षमा दृढतापूर्वक उभिएको छ । र यो संविधानलाई रक्षा गर्न, विकास गर्न र विकसित गर्न लागि रहेको हुँदाखेरि प्रतिपक्षले बोल्न नपाउने भन्ने कुरै छैन । तर प्रतिपक्षले बोल्न उठाएको कुरामा उस्को आवाजमा पनि दम र आधार हुनुप¥यो नि । १५ गतेको दिन यत्रो ठूलो घटना भएको छ काठमाडौंमा, त्यो घटनाका बारेमा आज संसदमा आएर देशलाई जानकारी दिन पाउनुपर्छ कि पर्दैन गृहमन्त्रीले ? प्रधानमन्त्रीले त भनी सक्नुभयो भोलि आउँछु भनेर १८गते । प्रधानमन्त्रीले आउँछु भन्दा भन्दै हाउस यसरी रोक्नु उचित भएन, हाउस चलाऔँ, १५ गतेको घटनाबारे गम्भीरतापूर्वक छलफल गरौँ । संविधानमाथि आक्रमण भएको छ, संविधानलाई उल्ट्याउने कोसिस भएको छ । भूपू भइसकेका राजाको नेतृत्वमा उनको पहलकदमीमा निर्देशनमा जे घटना काठमाडौंमा १५ गते घट्यो त्यसबारे संसदले छलफल गरेर एउटा प्रष्ट धारणा बनाएर अगाडि बढ्नु पर्ने कुरा प्राथमिक हुनु पथ्र्यो आज ।’

सांसद पन्तले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ भन्ने प्रमुख प्रतिपक्षको माग संविधानसम्मत र प्रतिनिधि सभा नियमावली अनुरुप नभएको दाबी गरेका छन् ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?