Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

गणतन्त्र र लोकतन्त्रवादीहरुको निष्ठा  र आचरणमा कमी आएकाले प्रतिगामी शक्तिको मनोबल बढ्यो : चित्रबहादुर केसी


काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र लोकतन्त्रवादीहरुको निष्ठा  र आचरणमा कमी आएकाले प्रतिगामी शक्तिको मनोबल बढेको बताएका छन्  ।

आईतवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दे उनले तीनकुनेमा भएको घटना मुलुक प्रतिगमनतिर जाने अभियान भएको बताउदै लोकतन्त्रवादीहरुको आचरण र व्यवहार हेरेर दुई वर्ष अघि नै गणतन्त्रमा खतरा हुनसक्ने बताएको जिकिर गरेका छन्  । उनले प्रतिपक्षहरुले प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद अवरुद्ध गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली संसदमा नआउनु  गैरजिम्मेवार भएको आरोप लगाएका छन् । वर्तमान प्रधानमन्त्री ओलीले विगतमा दुई पटक संसद विघटन गरेर मुलुकलाई प्रतिगमनतिर लैजान खोजेपनि पाँच दलीय गठबन्धनले रोक्न सफल भएको जिकिर गर्दै  राजनीतिक दलका नेताहरु जुनसुकै मूल्य चुकाएर भएपनि पदको पछि लागेको उनको भनाइ छ ।

उनले भने, ‘यो प्रतिगमनतिर जाने अभियान हो । मैले २०७९ साल पुष २५ गते संसदमा पहिलो सम्बोधनमा मैले भनेको थिएँ, अब राज्य सत्तामा बसेर लामो समय रजाइ गरेका  स्वर्गीय आनन्द लिएकाहरुले त यो लोकतन्त्र गणतन्त्रलाई सिध्याउन प्रयत्न गरिहन्छन्, विश्वमै त्यस्ता षड्यन्त्र गरिरहन्छन् । त्यो कामलाई सहयोग गर्न स्वयं लोकतन्त्र र गणतन्त्रका लागि लडेका क्रियाकलाप, नीति, आचरणबाट यो लोकतन्त्र हाम्रो गणतन्त्र अप्ठ्यारोमा छ है होसियार भनेर मैले त उतिबेलै भन्या हो । प्रधानमन्त्रीको कदम गैरजिम्मेबार हो पहिला पनि उहाँले दुई पटक संसद भत्काएर मुलुकलाई प्रतिगमनमा लान खोजेकै हो । हामीले पाँच दलीय गठबन्धन ग¥यौँ । आखिर प्रतिगमन केही हदसम्म हार्नुप¥यो । नेपालका राजनीतिक पार्टीहरुलाई जुनसुकै मूल्य चुकाएर पनि पद चाहियो । नैतिकता, इमानजमानको कुरा भएन जे गरेर भएपनि पद चाहियो ।  लोकतन्त्रवादीहरुको निष्ठा र आचरणमा कमी आएकाले प्रतिगामीहरुको मनोबल बढेको हो ।

अध्यक्ष केसीले तीनकुनेमा भएको घटना बंगलादेशमा भएको घटनाको नक्कल गर्न खोजेका भएपनि प्रतिगामीहरु सफल नभएको बताए । नेताहरुको कुशासनका कारण प्रतिगामीहरुले टाउको उठाउने मौका पाएको उनको भनाइ छ ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?