Trending
>>   बालेन्द्र शाहले पूर्वराजालाई जरिबानाको पत्र लेख्नु गम्भीर त्रुटीः अध्यक्ष लिङदेन >>   गणतन्त्र र लोकतन्त्रवादीहरुको निष्ठा  र आचरणमा कमी आएकाले प्रतिगामी शक्तिको मनोबल बढ्यो : चित्रबहादुर केसी >>   राजतन्त्रले शिर उठाउन खोज्नु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुजस्तै होः उपपधानमन्त्री पौडेल >>   प्रमुख प्रतिपक्षीको मागमा दम र आधार छैनः सांसद रघुजी पन्त >>   विश्वप्रकाश शर्माको प्रश्नः नागरिकले कस्तो राजा खोजेको ? >>   राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु हो >>   राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो (तस्बिरहरु) >>   तीनकुने घटनाको सत्यतथ्य छानविन गरी दोषिउपर कारबाही गर्न सांसदहरुको माग >>   अत्याधुनिक प्रविधिद्वारा अघि बढेको जडीबुटी कम्पनी राजवादीको निशानामा >>   संसद अवरुद्ध गरेर प्रतिपक्षी संसद सञ्चालनको विरुद्धमा गयोः रामहरि खतिवडा
Logo
१७ चैत्र २०८१, आईतवार
१७ चैत्र २०८१, आईतवार

शान्ति प्रक्रिया टुंग्याउने कुरामा राजनीतिक दलहरुमा विवाद छैनः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने कुरामा राजनीतिक दलहरुबीच विवाद नरहेको दाबी गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको र टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरामा पीडितहरुलाई सम्बोधन गर्नेकुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्नेकुरालाई पनि राजनीतिक नेतृत्व तहमा विवाद नरहेको जिकिर गरेका छन् । उनले राजनीतिक नेतृत्व मुलतः पीडितलाई न्याय दिनेकुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्नेकुरामा स्पष्ट रहेको बताए ।

अध्यक्ष दाहालले भने, ‘नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको छ । अर्को यो टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरा मुख्यतः पीडितहरुलाई सम्बोधन गर्नेकुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्नेकुरालाई पनि राजनीतिक नेतृत्व तहमा कहिल्यै विवाद भएन । मानिसहरुलाई लाग्छ, त्यस्तो होइन होला भनेर । तर हामी राजनीतिक नेतृत्व मुलतः पीडितलाई न्याय दिनेकुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्नेकुरामा हामी कन्फ्युजनमा कहिल्यै भएनौँ । यो पनि हाम्रो मौलिकता र शान्ति प्रक्रियाको विशेषता हो । हामीले अघि बढाइरहेको यो प्रक्रिया धेरै हदसम्म आफ्नो विशेषता, आफ्नो मौलिकताअनुसार सफलताको साथ नै अघि बढेको महशुस गरेका छौँ । अध्ययन भ्रमणका सारसंक्षेपहरुलाई केन्द्रित गरेर नै हामीले नेपालको शान्ति प्रक्रिया अघि बढाउनुपर्छ भन्नेकुरामा केन्द्रित भयौँ । छौँ । अहिले पनि हामी राजनीतिक दलहरुको बीचमा विवादहरु छ । हामी प्रमुख दलहरु नै कोही सत्ता पक्ष र कोही प्रतिपक्षमा छौँ । विवाद चलिरहेको छ । सदनमा बहस भइरहेको छ । थुप्रै कुरा छ । यि तमाम विवाद र विमतिको बीचमा पनि शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्नेकुरामा इन्प्रिन्सिपल हामी कहिल्यै विवादमा भएनौँ । कहिले प्राविधिक, कहिले कानूनी, कहिले राजनीतकि उत्तारचढावहरुले यो देशमा हुन्छन्, डिले त भयो त्यसकारणले । तर यिसँग सम्बन्धित प्रिन्सिपलमा विवाद भएको हुनाले डिले भएको भन्न मिल्दैन, त्यो होइन ।’

अध्यक्ष दाहालले विवाद र विमतिका बीचमा पनि देशको राष्ट्रिय मुद्दा भएकाले राजनीति गर्न हुँदैन भनेर आफूहरु लागिरहेको बताएका छन् ।


प्रकाशित मिति: १४ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?