२६ चैत ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशका दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच पुर्याउन सबै क्षेत्र लाग्नुपर्ने बताएका छन् । आज यहाँ नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सव उद्घाटन समारोहमा उहाँले अन्धोपनको न्यूनीकरण र आँखा सेवा विस्तारमा केही सफलता हासिल भए पनि दुर्गममा सेवा विस्तार अझै चुनौतीकारुपमा रहेको बताएका हुन् । उपराष्ट्रपति
२६ चैत ,गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित भएका छन् । महासङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाविलास भट्टराई, उपाध्यक्षमा हरिप्रसाद पाण्डेय, महिला उपाध्यक्षमा तुलसी ज्ञवाली, महासचिवमा देवेन्द्र लम्साल,
२५ चैत ,धनुषा । उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा आज विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन् । उपराष्ट्रपति यादव जानकी मन्दिरमा आइपुग्दा मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवसहितका साधुसन्तले स्वागत गरेका थिए । उपराष्ट्रपति यादवलाई उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिरका बारेमा संक्षिप्तरुपमा जानकारी गराएका थिए । उपराष्ट्रपति सिरहा
२५ चैत ,दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू स्वच्छ राजनीति गर्न सदैव सक्रिय रहेको उल्लेख गरे ।“हामी स्वच्छ राजनीति गर्न चाहन्छौँ, अरु दललाई पनि
२५ चैत ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै उनले ती संरचना आफैँ हटाउन निर्देशन दिएका हुन् । उनका अनुसार हटाउन निर्देशन दिएका प्रहरी बिटमा बालुवाटारस्थित प्रधानमन्त्री निवास
२५ चैत ,काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उनले सहकारी विस्तार भएका ठाउँमा
२४ चैत ,गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा अस्पतालको सघन उपचार कक्ष (आइसियू)को आज उद्घाटन गरेका छन् । अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आजदेखि सञ्चालनमा ल्याइएको आइसियू सेवाको उनले उद्घाटन गरेका हुन्। प्रधानमन्त्री दाहाल अस्पतालको स्वर्णजयन्ती समारोहका सहभागी हुन दिउँसो यहाँ आइपुगेका थिए । स्वर्ण जयन्ती समारोहलाई सम्बोधन
२३ चैत ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सार्वजनिक सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रमलाई राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा चित्रण गरेका छन् । संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसमा सरकारमा रहेका पूर्ववर्ती दल
२३ चैत ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई उपेक्षा नभई थप महत्त्व दिनुपर्ने बताएका छन् । उनले खेल क्षेत्रबाट राष्ट्रिय पहिचानलाई थप उज्यालो गरी देखाउन सकिने उल्लेख गर्दै खेलाडीलाई सरकारले थप प्रोत्साहन गर्नुपर्नेसमेत बताए । विश्व खेलकुद दिवसका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको दोस्रो
२३ चैत ,काठमाडौँ । अष्ट्रियाको भियनास्थित नेपाली राजदूतावासले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई सम्मान गरेको छ । खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै दूतावासले बुधबार उनलाई सम्मान गरेको हो । सो अवसरमा राजदूत भरतकुमार रेग्मीले राजदूतावासमा नेपाली ढाका टोपी र खादा लगाएर सम्मान गर्नुभएको रेफ्री ढकालले बताए । युरोपेली देशमा सञ्चालन