६ असार, काठमाडाैँ । नेपाल स्क्वास राकेट्स सङ्घले चीनको होङझावमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज छ जना खेलाडी चयन गरेको छ । सङ्घले राउन्ड रोविन लिगको आधारमा गरिएको छनोट प्रतियोगिताबाट परुषतर्फ र महिलातर्फ समान तीन÷तीन खेलाडी छनोट गरिएको हो । एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीमा पुरुषतर्फ अरहन्त केशर
६ असार, काठमाडाैँ । साफ च्याम्पियनसिपको उदघाटन खेलमा आज नेपाल र कुवेत बिचमा प्रतिस्पर्धा हुदैँँछ । आज भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो । साे खेल दिउँसाे ३ः४५ बजेवाट सुरू हुनेछ । कुबेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भाग
५ असार ,काठमाडौँ । कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । इरानले नेपाललाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ तथा तेस्रो
५ असार, काठमाडाैँ। जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा अमेरिकाले जितको लागि नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन बनायो । अमेरिकाका लागि सायन जहानगिरले सतकीय इनिङ्स
५ असार, काठमाडाैँ । आइसिसी एकदिवसीय विश्वकप छनोट, २०२३ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआती सफलता प्राप्त भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले दोस्रो ओभरमै दुई विकेट गुमाएको छ । जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा भएको खेलको दोस्रो ओभरमा करन केसीले लगातार दुई विकेट लिएका हुन् । केसीले ओपनर स्टेभन
४ असार, काठमाडाैँ विश्वमै लोकप्रिय खेलका रुपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो । बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक पनि राम्रो मानिन्छ । कम्पनीका सञ्चालन प्रबन्धक शालिकराम खत्रीका अनुसार खेलमा
४ असार ,काठमाडौँ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । माल्दिभ्सको मालेमा गए राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अङ्कले पराजित गर्दै विजयी हासिल गरेको हो । नेपालको यो तेस्रो जित हो ।
३ असार, काठमाडाैँ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा नेपाल घरेलु टोली जिम्बावेलाई जितका लागि दुई सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९० रन बनायो । नेपालका लागि
३ असार, काठमाडाैँ । आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा नेपाल आज (आइतबार) घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गरिरहेको छ । जिम्बावेस्थित हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट ब्याटिङ गरिरहेको छ । नेपालले २८ ओभरमा विना विकेटको क्षतिमा १५५ रन बनाएको छ ।
३ असार, काठमाडाैँ । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बावेविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । जिम्बावेको हरारे स्पोर्टस् क्लबमा घरेलु टोली जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल