Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

विश्व


न्यायाधीशलाई हत्याको धम्की दिने महिला पक्राउ

१ भदाै, एजेन्सी । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावलाई उल्टाउने षड्यन्त्र गरेको मुद्दाको सुनुवाइ गर्ने समितिको अध्यक्षता गरिरहेकी न्यायाधीशलाई हत्याको धम्की दिएकी टेक्सासकी एक महिला पक्राउ परेकी छन्। अगस्ट ५ मा अबिगेल जो श्रीले संघीय न्यायाधीश तान्या चुटकनको वासिङ्टन कार्यालयमा उनलाई हत्या गर्ने फोन सन्देश छोडेको अभियोगमा गृहमन्त्रालय अन्तर्गतका

अग्निपीडितलाई भेट्न राष्ट्रपति जो हवाई जाने

१ भदाै, एजेन्सी । राष्ट्रपति जो बाइडेन र प्रथम महिला जील बाइडेन हवाईको भ्रमणमा जाने भएका छन् । विपक्षीहरूको तीक्ष्ण आलोचनापछि राष्ट्रपति अग्निपीडितलाई भेट्न तथा हालैको भीषण डढेलोबाट भएको वस्तुस्थितिबारे जानकारी लिन आगामी सोमबार हवाई भ्रमणमा जान लाग्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आगामी साता आगालागी भएको स्थलबाट भग्नावशेष हटाइसकिने

विमान सडकमा खस्दा १० जनाको मृत्यु

१ भदाै, एजेन्सी । मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् । स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भने, “दुर्घटनामा विमानमा सवार आठ जनासँगै कारमा र मोटरसाइकलमा सवार

सहायताकर्मीमाथिको हिंसा नरोकिएकोमा राष्ट्रसङ्घ चिन्तित

३२ श्रावण, एजेन्सी । संयुक्त राष्ट्रसङ्घले मानवीय सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा चिन्ता व्यक्त गरेको छ । इराकको राजधानी बग्दादस्थित राष्ट्रसङ्घीय कार्यालयमा २० वर्षअघि भएको घातक हमलाको सन्दर्भमा उक्त विश्वसंस्थाले सहायताकर्मीमाथि आक्रमण नरोकिएकामा चिन्ता व्यक्त गरेको हो । यो वर्ष संसारभरि ६२ जना मानवीय सहायताकर्मीले विभिन्न आक्रमणमा परी ज्यान गुमाएको जनाएको छ ।

डुङ्गा दुर्घटनामा ६३ भन्दा बढीको मृत्यु भएको आशङ्का

३२ श्रावण, एजेन्सि । आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ भने अन्य ३८ जनाको उद्धार गरिएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० अधिकारीहरूलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । गत महिना सेनेगलबाट आप्रवासी बोकेर युरोपका निम्ति हिँडेको डुङ्गा केप भर्डेको

आर्थिक पुनः उत्थान ‘कष्टप्रद’, पश्चिमा आलोचकहरू ‘गलत साबित हुनेछन्’ : चीन

३२ श्रावण, एजेन्सी । चीनले बुधबार आफ्नो आर्थिक पुनः उत्थान ‘उथलपुथल पूर्ण र कष्टकर प्रक्रिया’ हुने तर पश्चिमा आलोचकहरू ‘निश्चित रूपमा गलत साबित हुने’ बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ पछि चीनको अस्त व्यस्तताप्रति चिन्ता व्यक्त गर्ने हालैका आँकडाले चीनको बढ्दो आर्थिक समस्याले चीनलाई ‘टाइम बम’ विस्फोट पहिलेको अवस्थामा पुर्‍याएको

भारतले ‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने

३२ श्रावण, एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले यसै महिना पहिलो सोलार मिसन आदित्य–एल१ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको सरकारी प्रसारक अल इन्डिया रेडियो (एआईआर) ले बुधबार जनाएको छ । “सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुनेछ । उक्त स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र पृथ्वी वरपरको

सिरियामा शतप्रतिशत तलब वृद्धि गर्न राष्ट्रपतिको निर्देशन

३२ श्रावण, एजेन्सी । सिरियाली राष्ट्रपति बसर अल असदले मङ्गलबार शतप्रतिशत तलब वृद्धि गर्न आदेश दिएका छन् । सरकारले इन्धनको मूल्य उच्च अङ्कले वृद्धि गरेपछि सरकारद्वारा दिने मासिक तलबमानमा पनि वृद्धि गर्न राष्ट्रपतिले निर्देशन दिएका हुन् । सन् २०११ मा सिरियाली युद्ध सुरु भएयता राज्यका कर्मचारी, अवकाशप्राप्त र सैनिक कर्मचारीको

भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु

३१ ,श्रावण ,नयाँदिल्ली । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ । सिमलाको समर हिल क्षेत्रमा गएको भीषण पहिरोले क्षति पु¥याएपछि पछिल्लो दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा १२ जनाको शव फेला परेको

हवाई टापुको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो

३१ श्रावण, एजेन्सी । हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या दोब्बर वा तेब्बरले बढ्नसक्ने बताउनुभएको छ । अघिल्लो मङ्गलबार वनबाट सल्केको डढेलोले लहाइनाका झण्डै १३ हजार घरमा क्षति भएको छ

सम्वन्धित समाचारहरु