Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

डुङ्गा दुर्घटनामा ६३ भन्दा बढीको मृत्यु भएको आशङ्का


३२ श्रावण, एजेन्सि । आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ भने अन्य ३८ जनाको उद्धार गरिएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० अधिकारीहरूलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

गत महिना सेनेगलबाट आप्रवासी बोकेर युरोपका निम्ति हिँडेको डुङ्गा केप भर्डेको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको माछा समाउन समुद्रमा तल्लीन स्पेनी माझीले देखेका थिए । तट रक्षकले जीवित र मृतकको कुल सङ्ख्या ४८ रहेको बताएका छन्भने स्थानीय शवगृहले सातवटा शव प्राप्त गरेको जनाएको छ । सेनेगलको विदेश मन्त्रालयले गिनी–बिसाउका एक नागरिक सहित ३८जनालाई डुङ्गाबाट उद्धार गरिएको बताएको छ ।

सेनेगलबाट केप भर्डेतर्फ आइरहेको आप्रवासी चढेको डुङ्गा पल्टिँदा त्यसमा सवार ६३ जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको आईओएमले आज एक विज्ञप्ति निकालेर बताएको छ । दुर्घटनामा ज्यान गुमाएका आप्रवासी स्पेन हुँदै युरोपका विभिन्न देशमा शरण लिन घरबाट निस्केका थिए ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?