Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

सिरियामा शतप्रतिशत तलब वृद्धि गर्न राष्ट्रपतिको निर्देशन


३२ श्रावण, एजेन्सी । सिरियाली राष्ट्रपति बसर अल असदले मङ्गलबार शतप्रतिशत तलब वृद्धि गर्न आदेश दिएका छन् ।

सरकारले इन्धनको मूल्य उच्च अङ्कले वृद्धि गरेपछि सरकारद्वारा दिने मासिक तलबमानमा पनि वृद्धि गर्न राष्ट्रपतिले निर्देशन दिएका हुन् ।

सन् २०११ मा सिरियाली युद्ध सुरु भएयता राज्यका कर्मचारी, अवकाशप्राप्त र सैनिक कर्मचारीको तलब वृद्धि नवौँ पटक गरिएको छ । त्यसयता देशको अर्थतन्त्रले गम्भीर सङ्कट झेलेको छ ।

यो निर्णय गर्नुअघि सरकारी कर्मचारीको मासिक तलब १० देखि २५ अमेरिकी डलर को बीचमा थियो । यो सिरियाली पाउण्डको बजार मूल्यमा निर्भर गर्दछ ।

मङ्गलबार राति सिरियाली आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रालयले ढुवानी र बेकरीका लागि डिजेल इन्धनको मूल्य मा १८० प्रतिशत र सामान्य ओक्टेन पेट्रोलमा करिब १६५ प्रतिशतले वृद्धि गरेको थियो ।

इन्धनको मूल्यवृद्धिले सडकमा अस्तव्यस्तता निम्त्याएको छ भने धेरै बस चालकहरूले बुधबार काममा जान अस्वीकार गरेका छन् ।

मूल्य वृद्धिले खाद्य पदार्थको मूल्यमा पनि व्यवधान ल्याएको र रातारात ३० देखि १०० प्रतिशतको बीचमा बढेको बताइएको छ ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?