Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

सहायताकर्मीमाथिको हिंसा नरोकिएकोमा राष्ट्रसङ्घ चिन्तित


३२ श्रावण, एजेन्सी । संयुक्त राष्ट्रसङ्घले मानवीय सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा चिन्ता व्यक्त गरेको छ ।

इराकको राजधानी बग्दादस्थित राष्ट्रसङ्घीय कार्यालयमा २० वर्षअघि भएको घातक हमलाको सन्दर्भमा उक्त विश्वसंस्थाले सहायताकर्मीमाथि आक्रमण नरोकिएकामा चिन्ता व्यक्त गरेको हो । यो वर्ष संसारभरि ६२ जना मानवीय सहायताकर्मीले विभिन्न आक्रमणमा परी ज्यान गुमाएको जनाएको छ ।

राष्ट्रसङ्घ हरेक वर्ष अगस्ट १९ मा बग्दादमा भएको आत्मघाती बम विष्फोटको सम्झनामा विश्व मानवीय दिवस मनाउँदै आएको छ । उक्त आक्रमणमा २२ जनाको ज्यान गएको थियो । आक्रमणमा तत्कालीन मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र इराकका लागि राष्ट्रसङ्घका प्रमुख सर्जियो भिइरा डे मेलोले ज्यान गुमाएका थिए ।

यस वर्ष विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा ६२ जनाको मृत्यु हुनुका साथै अन्य ८४ सहायताकर्मी घाइते भएका र ३४ जना अपहरणमा परेका छन् ।

केही वर्षदेखि दक्षिण सुडानलाई सहायता कार्यकर्ताका लागि विश्वको सबैभन्दा जोखिमपूर्ण स्थान बनेको छ । त्यहाँ मानवीय सहायता कर्मचारीहरूमाथि ४० पटक आक्रमण भएका तथा तिनमा परी २२ जनाको ज्यान गएको मानवीय मामिलासम्बन्धी राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ । मध्यअफ्रिकी गणतन्त्र, माली, सोमालिया, युक्रेन र यमनमा पनि मानवीय सहायताकर्मी मारिएका छन् । यसरी मारिनेमा ९० प्रतिशतभन्दा बढी स्थानीयवासी हुन् ।

तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्ने अमेरिकी नेतृत्वको आक्रमणको अराजकताको बीचमा सन् २००३ मा भएको त्यो विस्फोटमा ब्राजिलका भिइरा डे मेलो सहित २२ जनाको ज्यान गएको थियोभने करिब १५० स्थानीय र अन्तरराष्ट्रिय सहायताकर्मी घाइते भएका थिए ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?