Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

विमान सडकमा खस्दा १० जनाको मृत्यु


१ भदाै, एजेन्सी । मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् ।

स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भने, “दुर्घटनामा विमानमा सवार आठ जनासँगै कारमा र मोटरसाइकलमा सवार एक–एक जना गरी १० जनाको मृत्यु भएको छ ।”

मृत्यु हुनेमा मध्य पाहाङ राज्यका आवास तथा वातावरण हेर्ने राज्य सभा सदस्य जोहरी हारुन पनि रहेको प्रहरीले जनाएको छ ।

मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेको जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रमुख नोराजमान महमुदका अनुसार विमान उत्तरी रिसोर्ट टापु लाङकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ उडेको थियो ।

हवाई दुर्घटनाबारे ब्युरोले तत्बाल अनुसन्धान सुरू गर्ने उनले बताए ।

मलेसियाली वायु सेनाका पूर्व सदस्य मोहम्मद स्याहमी मोहम्मद हाशिमले भने, “विमान अनियमित रुपमा उडिरहेको आफूले देखेको र त्यसको केही समयपछि ठूलो आवाज सुनिएको थियो ।” उनले पत्रकारहरूसँग भने।

उनले भने, “म घटनास्थलतर्फ गएँ र एउटा विमानको अवशेष देखेँ । मैले एउटा मानव शरीरमा आगो लागेको पनि देखें । तर आगो जलिरहेकोले मैले केही गर्न सकिनँ ।”

अन्य प्रत्यक्षदर्शीका अनुसार विचक्राफ्ट मोडेल ३९० शाह आलमको उपनगर नजिकै एल्मिना इस्टेटको जमिनमा ठोक्किँदा आगो लागेको थियो । विस्फोटको ठूलो आवाज पनि सुनिएको प्रहरीले जनाएको छ ।

एक्स (ट्वीटर) का एक प्रयोगकर्तामार्फत् दुर्घटना स्थलबाट आगो र कालो धुवाँ निस्केको एक छोटो भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा भग्नावशेष चारैतिर छरिएको थियो र पृष्ठभूमिमा घरहरू देख्न सकिन्थ्यो ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?