Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

अग्निपीडितलाई भेट्न राष्ट्रपति जो हवाई जाने


१ भदाै, एजेन्सी । राष्ट्रपति जो बाइडेन र प्रथम महिला जील बाइडेन हवाईको भ्रमणमा जाने भएका छन् ।

विपक्षीहरूको तीक्ष्ण आलोचनापछि राष्ट्रपति अग्निपीडितलाई भेट्न तथा हालैको भीषण डढेलोबाट भएको वस्तुस्थितिबारे जानकारी लिन आगामी सोमबार हवाई भ्रमणमा जान लाग्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आगामी साता आगालागी भएको स्थलबाट भग्नावशेष हटाइसकिने अपेक्षा गरिएको छ ।

हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो यही साउन २३ गते बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । सबै मृतकको सनाखत हुन सकेको छैन । पर्यटकीयस्थल लहाइना र मौवीका भौतिक संरचना खरानीमा परिणत भएका छन् ।

झण्डै १३ हजार घरमा क्षति भएको छ । दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

सङ्घीय सरकारले छ सयभन्दा अधिक कर्मचारी परिचालन गरेर प्रभावित स्थलमा आवश्यक व्यवस्था गरिरहेको छ भने पचास हजारभन्दा बढी अग्निपीडितलाई भोजनको प्रबन्ध गरिएको, ७५ हजार लिटर स्वच्छ पेयजल, पाँच हजार खाट र दश हजार सिरक डसनाको प्रबन्ध गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?