Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

स्वदेशी उद्योग पूर्ण क्षमतामा चलाउन तयारी वस्तुको आयात बन्द गर्नुपर्छः अध्यक्ष अग्रवाल


काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले स्वदेशी उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न तयारी वस्तुको आयातलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । उनले प्याकेजिङ वस्तुहरुको आयातको कारण मुलुकमा उद्योगहरुको क्षमता भन्दा ४० प्रतिशत कम सञ्चालनमा रहेको बताए । उनले मुलुकको अर्थतन्त्रलाई बलियो र दिगो बनाउनको लागि आन्तरिक उत्पादनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले आन्तरिक उत्पादन बढाउन स्वदेशमा उत्पादन भएका हुनसक्ने वस्तुहरुको प्रवद्र्धन गर्ने नीतिहरु अवलम्वन गर्नुपर्ने बताएका छन् । उनले स्वदेशी उत्पादनले आन्तरिक माग धान्नसक्ने वस्तु आयातलाई निरुत्साहित गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । आन्तरिक माग धान्नसक्ने वस्तु आयातलाई निरुत्साहित गर्दा औद्योगिक विकासलाई बढवा दिने र व्यापार घाटा कम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उनको भनाई छ । अध्यक्ष अग्रवालले आयात प्रतिस्थापन गर्नसक्ने अन्य उद्योगसँगै प्लाष्ट्रिक उद्योग पनि एक भएकाले संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।

उनले भने,‘मुलुकको अर्थतन्त्रलाई बलियो र दिगो बनाउनको लागि आन्तरिक उत्पादनलाई विशेष ध्यान दिनुपर्छ । आन्तरिक उत्पादन बढाउन स्वदेशमा उत्पादन भएका हुन सक्ने वस्तुहरुको प्रवद्र्धन गर्ने नीतिहरु अवलम्वन गर्नुपर्छ । स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने वस्तु आयातलाई निरुत्साहित गर्नुपर्छ । यसले औद्योगिक विकासलाई बढवा दिने र व्यापार घाटा कम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्छ । आयात प्रतिस्थापन गर्नसक्ने अन्य उद्योगसँगै प्लाष्ट्रिक उद्योग पनि एक हो । स्वदेशी उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न तयारी वस्तुको आयातलाई निरुत्साहित गर्नुपर्छ । रोजगारी सिर्जना गर्दै अर्थतन्त्र बलियो बनाउन र परनिर्भता कम गर्छ । सरकारले गर्ने सामान्य नीतिगत सुधारले पनि औद्योगिक उत्पादन वृद्धि हुन्छ । सरकारले नीतिगत सहजिकरण गर्नसके मात्रै पनि धेरै वस्तुहरुमा आत्मनिर्भर बन्नसक्ने अवस्था छ ।’

उनले सरकारले गर्ने सामान्य नीतिगत सुधारले पनि औद्योगिक उत्पादन वृद्धि हुने बताए । उनले सरकारले नीतिगत सहजिकरण गर्नसके मात्रै पनि धेरै वस्तुहरुमा आत्मनिर्भर बन्नसक्ने अवस्था रहेको बताएका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?