Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

स्वदेशी उद्योग पूर्ण क्षमतामा चलाउन तयारी वस्तुको आयात बन्द गर्नुपर्छः अध्यक्ष अग्रवाल


काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले स्वदेशी उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न तयारी वस्तुको आयातलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । उनले प्याकेजिङ वस्तुहरुको आयातको कारण मुलुकमा उद्योगहरुको क्षमता भन्दा ४० प्रतिशत कम सञ्चालनमा रहेको बताए । उनले मुलुकको अर्थतन्त्रलाई बलियो र दिगो बनाउनको लागि आन्तरिक उत्पादनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले आन्तरिक उत्पादन बढाउन स्वदेशमा उत्पादन भएका हुनसक्ने वस्तुहरुको प्रवद्र्धन गर्ने नीतिहरु अवलम्वन गर्नुपर्ने बताएका छन् । उनले स्वदेशी उत्पादनले आन्तरिक माग धान्नसक्ने वस्तु आयातलाई निरुत्साहित गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । आन्तरिक माग धान्नसक्ने वस्तु आयातलाई निरुत्साहित गर्दा औद्योगिक विकासलाई बढवा दिने र व्यापार घाटा कम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उनको भनाई छ । अध्यक्ष अग्रवालले आयात प्रतिस्थापन गर्नसक्ने अन्य उद्योगसँगै प्लाष्ट्रिक उद्योग पनि एक भएकाले संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।

उनले भने,‘मुलुकको अर्थतन्त्रलाई बलियो र दिगो बनाउनको लागि आन्तरिक उत्पादनलाई विशेष ध्यान दिनुपर्छ । आन्तरिक उत्पादन बढाउन स्वदेशमा उत्पादन भएका हुन सक्ने वस्तुहरुको प्रवद्र्धन गर्ने नीतिहरु अवलम्वन गर्नुपर्छ । स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने वस्तु आयातलाई निरुत्साहित गर्नुपर्छ । यसले औद्योगिक विकासलाई बढवा दिने र व्यापार घाटा कम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्छ । आयात प्रतिस्थापन गर्नसक्ने अन्य उद्योगसँगै प्लाष्ट्रिक उद्योग पनि एक हो । स्वदेशी उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न तयारी वस्तुको आयातलाई निरुत्साहित गर्नुपर्छ । रोजगारी सिर्जना गर्दै अर्थतन्त्र बलियो बनाउन र परनिर्भता कम गर्छ । सरकारले गर्ने सामान्य नीतिगत सुधारले पनि औद्योगिक उत्पादन वृद्धि हुन्छ । सरकारले नीतिगत सहजिकरण गर्नसके मात्रै पनि धेरै वस्तुहरुमा आत्मनिर्भर बन्नसक्ने अवस्था छ ।’

उनले सरकारले गर्ने सामान्य नीतिगत सुधारले पनि औद्योगिक उत्पादन वृद्धि हुने बताए । उनले सरकारले नीतिगत सहजिकरण गर्नसके मात्रै पनि धेरै वस्तुहरुमा आत्मनिर्भर बन्नसक्ने अवस्था रहेको बताएका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?