Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

फेसबुक, युट्युब चलाउँदैमा र क्यामेरा बोकेर हिँड्दैमा पत्रकार भइँदैनः अध्यक्ष बस्नेत


काठमाडौँ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत समाजमा अहिले पत्रकार को हो ? भन्ने प्रश्न उठेको बताएका छन् ।

बुधवार प्रेस काउन्सिल नेपालले आयोजना गरेको आमसञ्चार माध्यममा दलितका सरोकार विषय कार्यक्रममा बोल्दै उनले पछिल्लो समय पत्रकार को हो ? भन्नेमै प्रश्न उठिरहेको जिकिर गर्दै फेसबुक, व्यक्तिगत युट्युब च्यानल चलाउनेहरूले पनि आफूलाई पत्रकार भन्ने गरेको बताएका छन् । उनले क्यामेरा बोकेर हिँड्दैमा पत्रकार नभइने बताउदै पत्रकारले आफ्नो भूमिकाबाट पत्रकारको परिचय दिनुपर्ने बताएका छन् ।

उनले पत्रकारले नमुनाको पत्रकारिता गरेको खण्डमा अरूले पनि त्यो सिक्ने जिकिर गर्दै पत्रकारिता पेसा आफैमा दुःखदायी रहेको र  दुःख भित्र सुख खोज्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने, “हामीले अझ नमूना बनेर नमुनाको पत्रकारिता गर्यौं भने अरूले सिकुन् न, अरूले पनि सिक्नुपर्छ नि । अहिले को पत्रकार भन्ने एउटा समस्या छ, समाजमा प्रश्न उठेको छ । त्यसको हल गर्नको लागि कम्तीमा हामीले पत्रकार चाहीँ यस्तो हुन्छ है भनेर पत्रकारले आफ्नो भूमिकाबाट, यहाँ फेसबुक चलाउने पनि पत्रकार, व्यक्तिगत युट्युब चलाउने पनि पत्रकार, एउटा क्यामेरा बोक्दैमा पत्रकार हुने कि, मैले वर्षौँदेखिका अनुहार देखिरहेको छु । जसलाई पत्रकारिताको विषयमा अनुभव छ, अध्ययन तथा अनुसन्धान गर्नुभएको छ । धेरै दुःख छ यो पेसामा, दुख भित्र सुख खोज्नुपर्ने अवस्था छ ।”

अध्यक्ष बस्नेतले पत्रकारिताको अवस्था चिन्ताजनक रहेको बताउँदै सोचे जस्तो पत्रकारिता हुन नसकेको जिकिर गरेका छन् ।


प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?