Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

फेसबुक, युट्युब चलाउँदैमा र क्यामेरा बोकेर हिँड्दैमा पत्रकार भइँदैनः अध्यक्ष बस्नेत


काठमाडौँ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत समाजमा अहिले पत्रकार को हो ? भन्ने प्रश्न उठेको बताएका छन् ।

बुधवार प्रेस काउन्सिल नेपालले आयोजना गरेको आमसञ्चार माध्यममा दलितका सरोकार विषय कार्यक्रममा बोल्दै उनले पछिल्लो समय पत्रकार को हो ? भन्नेमै प्रश्न उठिरहेको जिकिर गर्दै फेसबुक, व्यक्तिगत युट्युब च्यानल चलाउनेहरूले पनि आफूलाई पत्रकार भन्ने गरेको बताएका छन् । उनले क्यामेरा बोकेर हिँड्दैमा पत्रकार नभइने बताउदै पत्रकारले आफ्नो भूमिकाबाट पत्रकारको परिचय दिनुपर्ने बताएका छन् ।

उनले पत्रकारले नमुनाको पत्रकारिता गरेको खण्डमा अरूले पनि त्यो सिक्ने जिकिर गर्दै पत्रकारिता पेसा आफैमा दुःखदायी रहेको र  दुःख भित्र सुख खोज्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने, “हामीले अझ नमूना बनेर नमुनाको पत्रकारिता गर्यौं भने अरूले सिकुन् न, अरूले पनि सिक्नुपर्छ नि । अहिले को पत्रकार भन्ने एउटा समस्या छ, समाजमा प्रश्न उठेको छ । त्यसको हल गर्नको लागि कम्तीमा हामीले पत्रकार चाहीँ यस्तो हुन्छ है भनेर पत्रकारले आफ्नो भूमिकाबाट, यहाँ फेसबुक चलाउने पनि पत्रकार, व्यक्तिगत युट्युब चलाउने पनि पत्रकार, एउटा क्यामेरा बोक्दैमा पत्रकार हुने कि, मैले वर्षौँदेखिका अनुहार देखिरहेको छु । जसलाई पत्रकारिताको विषयमा अनुभव छ, अध्ययन तथा अनुसन्धान गर्नुभएको छ । धेरै दुःख छ यो पेसामा, दुख भित्र सुख खोज्नुपर्ने अवस्था छ ।”

अध्यक्ष बस्नेतले पत्रकारिताको अवस्था चिन्ताजनक रहेको बताउँदै सोचे जस्तो पत्रकारिता हुन नसकेको जिकिर गरेका छन् ।


प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?