Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

चितुवाको गतिमा अर्थतन्त्रको सुधार हुनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको सुधार कछुवाको गतिमा नभई चितुवाको गतिमा हुन आवश्यक रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । उनले आर्थिक क्षेत्रमा आमुल परिर्वतन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै कछुवाको गतिमा हुने सुधारले गर्न सम्भव नभएको बताए । उनले नेपालको पहिलो पटक भएको कन्ट्री रेटिङ रिपोर्टमा डबल बी माइनस रेटिङ पाउनु मुलुकको लागि सुखद् पक्ष भएको बताएका छन् । उनले दक्षिण एशियामा भारतपछि नेपाल लगानीको क्षेत्र आकर्षक भएको देखिएको बताउनु भयो । उहाँले अब सरकारले नीतिगत सुधार गरी कार्यान्वयन ल्याएमात्रै कन्ट्री रेटिङको फाइदा दिनसक्ने बताएका छन् । उनले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन भएर निजी क्षेत्रको पनि समावेश गरिन स्वागतयोग्य भएको बताएका छन् ।

उनले भने ,‘नेपालको अर्थतन्त्रमा प्लाष्ट्रिकजन्य उद्योगहरुले उद्यमशिलता प्रवद्र्धनका साथै ग्रामिण र शहरी क्षेत्रमा आर्थिक गतिविधिका क्षेत्रमा भुमिका खेलेको छ । यो क्षेत्रमा नेपालमा करिव ७५ हजार मानिसहरुले रोजगारी पाएका छन् । कुल आद्योगिक उत्पादनमा प्लाष्ट्रिकजन्य उद्योगको हिस्सा ५ प्रतिशत छ जसले राष्ट्रिय उत्पादनमा योगदान पु¥याउँदै आएको छ । कच्चा पदार्थ आयातमा भन्सारदर घटाउनुपर्छ । साप्टा आदी सुविधाका कारण कच्चा पदार्थमा तयार वस्तुभन्दा बढी भन्सार तिर्नुपरेको छ । नेपालको कन्ट्री रेटिङ पहिलो पटक भएको छ । डब्बल बी माइनस रेटिङ पाउनु मुलुकको लागि धेरै सुखद् पक्ष हो । दक्षिण एशियामा भारतपछि लगानीको क्षेत्र आकर्षक भएको देखिएको छ । यसलाई सरकारले नीतिगत सुधार गरी कार्यान्वयन ल्याए मात्रै कन्ट्री रेटिङको फाइदा दिनसक्छौं । उच्चस्तरीय आर्थिक सुधार आयोग गठन भएर निजी क्षेत्रको पनि समावेश गरिएको छ । आर्थिक क्षेत्रमा आमुल परिर्वतन गर्नुपर्ने अहिलेको आवश्यकता छ । त्यो काममा सरकार अग्रसर हुन आवश्यक छ । अर्थतन्त्रमा देखिएको सुधार कछुवाको गतिमा नभई चितुवाको गतिमा हुनुपर्छ ।’

उनले नेपालको अर्थतन्त्रमा प्लाष्ट्रिकजन्य उद्योगहरुले उद्यमशिलता प्रवद्र्धनका साथै ग्रामिण र शहरी क्षेत्रमा आर्थिक गतिविधिका क्षेत्रमा भुमिका खेलेको बताएका छन् । उनले यो क्षेत्रमा नेपालमा करिव ७५ हजार मानिसहरुले रोजगारी पाएको बताए । उनले कुल आद्योगिक उत्पादनमा प्लाष्ट्रिकजन्य उद्योगको हिस्सा ५ प्रतिशत रहेको बताएका छन् । उनले कच्चा पदार्थ आयातमा भन्सारदर घटाउनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?