Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

चितुवाको गतिमा अर्थतन्त्रको सुधार हुनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको सुधार कछुवाको गतिमा नभई चितुवाको गतिमा हुन आवश्यक रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । उनले आर्थिक क्षेत्रमा आमुल परिर्वतन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै कछुवाको गतिमा हुने सुधारले गर्न सम्भव नभएको बताए । उनले नेपालको पहिलो पटक भएको कन्ट्री रेटिङ रिपोर्टमा डबल बी माइनस रेटिङ पाउनु मुलुकको लागि सुखद् पक्ष भएको बताएका छन् । उनले दक्षिण एशियामा भारतपछि नेपाल लगानीको क्षेत्र आकर्षक भएको देखिएको बताउनु भयो । उहाँले अब सरकारले नीतिगत सुधार गरी कार्यान्वयन ल्याएमात्रै कन्ट्री रेटिङको फाइदा दिनसक्ने बताएका छन् । उनले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन भएर निजी क्षेत्रको पनि समावेश गरिन स्वागतयोग्य भएको बताएका छन् ।

उनले भने ,‘नेपालको अर्थतन्त्रमा प्लाष्ट्रिकजन्य उद्योगहरुले उद्यमशिलता प्रवद्र्धनका साथै ग्रामिण र शहरी क्षेत्रमा आर्थिक गतिविधिका क्षेत्रमा भुमिका खेलेको छ । यो क्षेत्रमा नेपालमा करिव ७५ हजार मानिसहरुले रोजगारी पाएका छन् । कुल आद्योगिक उत्पादनमा प्लाष्ट्रिकजन्य उद्योगको हिस्सा ५ प्रतिशत छ जसले राष्ट्रिय उत्पादनमा योगदान पु¥याउँदै आएको छ । कच्चा पदार्थ आयातमा भन्सारदर घटाउनुपर्छ । साप्टा आदी सुविधाका कारण कच्चा पदार्थमा तयार वस्तुभन्दा बढी भन्सार तिर्नुपरेको छ । नेपालको कन्ट्री रेटिङ पहिलो पटक भएको छ । डब्बल बी माइनस रेटिङ पाउनु मुलुकको लागि धेरै सुखद् पक्ष हो । दक्षिण एशियामा भारतपछि लगानीको क्षेत्र आकर्षक भएको देखिएको छ । यसलाई सरकारले नीतिगत सुधार गरी कार्यान्वयन ल्याए मात्रै कन्ट्री रेटिङको फाइदा दिनसक्छौं । उच्चस्तरीय आर्थिक सुधार आयोग गठन भएर निजी क्षेत्रको पनि समावेश गरिएको छ । आर्थिक क्षेत्रमा आमुल परिर्वतन गर्नुपर्ने अहिलेको आवश्यकता छ । त्यो काममा सरकार अग्रसर हुन आवश्यक छ । अर्थतन्त्रमा देखिएको सुधार कछुवाको गतिमा नभई चितुवाको गतिमा हुनुपर्छ ।’

उनले नेपालको अर्थतन्त्रमा प्लाष्ट्रिकजन्य उद्योगहरुले उद्यमशिलता प्रवद्र्धनका साथै ग्रामिण र शहरी क्षेत्रमा आर्थिक गतिविधिका क्षेत्रमा भुमिका खेलेको बताएका छन् । उनले यो क्षेत्रमा नेपालमा करिव ७५ हजार मानिसहरुले रोजगारी पाएको बताए । उनले कुल आद्योगिक उत्पादनमा प्लाष्ट्रिकजन्य उद्योगको हिस्सा ५ प्रतिशत रहेको बताएका छन् । उनले कच्चा पदार्थ आयातमा भन्सारदर घटाउनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?