Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अव्यवस्थित शहरीकरण नेपालको चुनौति: उपप्रधानमन्त्री सिंह


काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित शहरीकरण नेपालको चुनौतिको विषय बनेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्राकृतिक घटनाहरू मात्र नभइ पछिल्लो समय अव्यवस्थित शहरीकरण, अनियन्त्रित र अनियोजित पहाडी भेग र नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि समस्या व्यहोरिरहेको बताए । उनले नेपाल बारम्बार भूमकम्पीय प्रकोपको चपेटामा परेको उल्लेख गर्दै भारी वर्षा र भारी हिमाली भूगोलले बाढी र पहिरोको जोखिम बढाएको बताएका छन् । उपप्रधानमन्त्री सिंहले हालैका वर्षहरुमा जलवायु परिवर्तनको प्रभावले हिमालयको हिउँ बढी पग्लिएको, हिमताल फुट्ने लगायतका विपद्हरु भोग्नुपरिरहेको बताए ।

उनले भने, ‘हाम्रो देश र दक्षिण एशियाको यो क्षेत्र बारम्बार भूकम्पीय प्रकोपको चपेटामा परेको छ । त्यसमाथि, भारी वर्षा र भारी हिमाली भूगोलले यस क्षेत्रलाई पहिरो र बाढीको जोखिममा पारेको छ । यसबाहेक हालैका वर्षहरूमा ग्लोवल वार्मिङ र जलवायु परिवर्तनको प्रभावले हिमालयका हाम्रा ग्लेशियर तालहरूमा ठूलो परिवर्तन ल्याएको छ । जसले ग्लेशियर लेक प्रकोप बाढीको जोखिमलाई बढाएको छ । हिमनदीका टिपहरू र पहाडको बरफ पग्लने दर बढ्दै गएको छ । जुन वास्तवमा हाम्रो क्षेत्रमा वातावरणीय ह्रासको कारण होइन तर यो विश्वका ठूला अर्थतन्त्रहरूको कारण हो । हामीसँग विज्ञान र इन्जिनियरिङको क्षेत्रमा जियोहाजार्ड्स, जियोडिजास्टरहरू र जियोटेक्निकल इन्जिनियरिङलगायतका क्षेत्रमा धेरै फरक चुनौतीहरू छन् । हामीले प्राकृतिक घटनाहरू मात्र होइन तर पछिल्लो समय अव्यवस्थित शहरीकरण, अनियन्त्रित र अनियोजित पहाडी भेग र नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि वास्तवमै सबैभन्दा बढी पीडित छौं ।’

कोभिड–१९ को विश्वव्यापी प्रभावसँगै बाढी र पहिरो लगायतका विपत्तिले १० वर्षमा नेपालको राष्ट्रिय अर्थतन्त्रमा ठूलो असर पारेको बताएका छन्।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?