Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

आन्तरिक तथा वाह्य लगानीको वातावरण बनाउन नीतिगत सुधार आवश्यकः अध्यक्ष ढकाल


काठमाडौँ । मुलुकमा आन्तरिक तथा वाह्य लगानीको वातावरण बनाउनु नीतिगत सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले सरकारले परिमार्जन गरेका कानूनहरु संशोधन भएपनि नियमावलीहरु बन्न बाँकी रहेको बताए । उनले अब मुलुकमा थप आन्तरिक तथा वाह्य लगानीको लागि कानून संशोधन र नियमावलीहरुसँगै अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । उनले मुलुकमा लगानीका लागि अझै केही कानूनहरू संशोधन गर्न जरुरी रहेको उल्लेख गरेका छन् । उनले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत कानून संशोधन भएपनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको गुनासो गरे । उनले अहिले निजी क्षेत्रमा अन्तःशुल्क, उत्पादित सामग्री खेर जाने र मूल्यलगायतका समस्याहरू रहेको बताएका छन् । उनले यसको व्यावहारिक निर्णय गरेर समयमै सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् ।

उनले भने,‘विगतमा ऐन कानूनहरु केही संशोधन भए तर अहिलेसम्म नियमावली बन्न नसक्दा समस्या छ । सरकारले आन्तरिक तथा वाह्य लगानी सहजिकरण तथा वातावरण बनाउन अझै नीतिगत रुपमा धेरै सुधार गर्न आवश्यक छ । सरकार र निजी क्षेत्रको सक्रियतामा लगानी सम्मेलन सम्पन्न भयो । कानुनहरू संशोधन भए । तर तिनको नियमावली र कार्यविधि तयार नभएको अवस्था छ। त्यो चिजलाई सम्बोधन आवश्यक छ । चाहे आन्तरिक होस् वा वाह्य लगानी भित्र्याउनका लागि होस् कतिपय कानून अझै परिवर्तन गर्नुपर्नेछ ।’

उनले वर्तमान सरकाले निजी क्षेत्रलाई प्राथमिकता दिएर व्यवसायीलाई पनि राखेर छलफल गरिरहेको भन्दै निजी क्षेत्रले यसलाई स्वागतका रुपमा लिएको बताए । उनले निजी क्षेत्रले दिएका सुझावअनुसार समस्या समाधान गरेमा छोटो समयमा आर्थिक सुधार गर्न सकिने बताएका छन्।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?