Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

उद्योगसँग सम्बन्धित ऐन,कानून र नीतिहरु लगानीमैत्री बनाउँछौंः उद्योगमन्त्री भण्डारी


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डरीले सरकारले निजी क्षेत्रको मागअनुसार उद्योगसँग सम्बन्धित ऐन कानून र नीतिहरु लगानीमैत्री बनाउने बताएका छन् ।

बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उद्योग मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले सरकार निजी क्षेत्रको मनोबललाई उच्च बनाउँदै अर्थतन्त्रमा सुधार तथा आन्तरिक तथा वाह्य लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताए । उनले सरकारले अहिले उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धि कम्पनी ऐन,औद्योगिक व्यवसायी ऐन,बौद्धिक सम्पती ऐन,खानी तथा खनिजसम्बन्धि ऐन,विशेष आर्थिक क्षेत्र ऐन,जग्गा प्राप्ती सम्बन्धि ऐन,सार्वजनिक खरिद ऐन र वन तथा वातारण ऐनलाई परिमार्जन गर्ने तयारीमा रहेको बताएका छन् । उनले यी ऐनहरुमा निजी क्षेत्रको सुझावको आधारमा परिमार्जन गर्नुपर्ने विषयलाई परिमार्जन गर्न सरकार तयार रहेको बताए । मन्त्री भण्डारीले नीति ऐन,कानूनमा रहेका समस्याको विषयमा निजी क्षेत्रले दिएका सुझावको आधारमा नीति निर्माण गरिने बताएका छन् । उनले आन्तरिक तथा वाह्य लगानीको लागि रहेका हडल्सहरुलाई सरकारले तत्काल समाधान गरी अगाडि बढ्ने बताए । उनले स्वदेशी लगानीलाई उत्साहित मनोवलका साथमा अगाडि बढ्ने बताएका छन् । उनले निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति,ऐन कानून र सेवा प्रवाहरुको सहुलियतका विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।

उनले भने,‘उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धि कम्पनी ऐन,औद्योगिक व्यवसायी ऐन,बौद्धिक सम्पती ऐन,खानी तथा खनिजसम्बन्धि ऐन,विशेष आर्थिक क्षेत्र ऐन,जग्गा प्राप्ति सम्बन्धि ऐन,सार्वजनिक खरिद ऐन र वन तथा वातारणसँग सम्बन्धित ऐनहरुलाई चाँडै परिमार्जनका लागि सरकारले सम्बन्धित मन्त्रालयहरुलाई प्रधानमन्त्रीले मन्त्रालयलाई निर्देशन भएको छ । निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु । सरकारसँग आउनुस् कहाँ–कहाँ हो समस्या ? सरकारले लगानी भित्र्याउँदा आएका हडल्सहरु छन् । नीति, ऐन,कानूनमा भएका समस्याका विषयमा छलफल गरौं । मुलुकमा भविष्यमा यस्तो वातावरण बनोस् । धेरै विदेशी लगानीलाई स्वागत गर्न पाऔं । स्वदेशी लगानीलाई उत्साहित मनोवलका साथमा अगाडि बढ्न सक्नुपर्छ । निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति,ऐन कानून र सेवा प्रवाहरुको सहुलियत हो । तर मुलुकमा भएका कानून व्यवसायीहरुले मात्रै व्याख्या गर्नसक्ने खालको छ । वर्तमान सरकार नीति ऐन कानूनलाई सरल र सबैले बुझ्ने खालको बनाउन लागेको छ । मुलुकमा लगानीमैत्री वातावरण रहेको एक अध्ययनले देखाएको छ । त्यसले उत्साह छाएको छ । दक्षिण एशियामा भारतपछि नेपालमा लगानीको राम्रो वातावरण रहेको कन्ट्री रेटिङ रिपोर्टले देखाएको छ।’

उनले लगानीसँग सम्बन्धित मुलुकमा भएका कानून व्यवसायीहरुले मात्रै व्याख्या गर्नसक्ने खालका रहेको भन्दै वर्तमान सरकार नीति ऐन कानूनलाई सरल र सबैले बुझ्ने खालको बनाउन लागेको बताएका छन् । उनले हालै आएको मुलुकको कन्ट्री रेटिङ रिपोर्टले मुलुकमा लगानीमैत्री वातावरण रहेको देखाएकाले उत्साह छाएको बताए । उनले दक्षिण एशियामा भारतपछि नेपालमा लगानीको राम्रो वातावरण रहेको बताएका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?