Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु


३१ ,श्रावण ,नयाँदिल्ली । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ ।

सिमलाको समर हिल क्षेत्रमा गएको भीषण पहिरोले क्षति पु¥याएपछि पछिल्लो दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा १२ जनाको शव फेला परेको छ भने नौ जना अझै हराइरहेका छन् ।

भारी वर्षाका कारण काँगडा जिल्लामा बाँध भत्किने जोखिममा परेको छ । यसले तल्लो क्षेत्रमा बाढीको चिन्ता बढाएको छ ।

बाढीको जोखिममा परेका ८०० भन्दा बढी मानिसहरूलाई तल्लो इलाकाबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ र कठिन भूगोलमा बाढीको पानीमा फसेका करिब ८० जनालाई उद्धार गरिएको छ ।

भारतीय वायु सेनाका डुङ्गा र हेलिकप्टरहरू कठिन भू–भागहरूमा प्रभावितहरूको उद्धारका लागि सेवामा खटिएका छन् ।

हिमाञ्चल राज्यको राजधानी सिमलाका साथै मण्डी, कुल्लू र काँगडा जिल्ला पनि सबैभन्दा बढी प्रभावित भएका छन् ।

अहिलेसम्म करिब ३०० सडक र राजमार्गहरूको यातायात प्रभावित भएको छ । एक सय वर्षभन्दा पुरानो सिमला–कालका रेल मार्गको लिक केही स्थानमा उखेलिएको छ, पुलहरू भत्किएका छन् भने ट्रान्सफर्मरहरू ढलेका वा बिग्रिएका छन् ।

धेरै खानेपानी परियोजनाहरू पनि प्रभावित भएका छन्, जसले गर्दा राज्यको सामान्य जनजीवन अस्तव्यस्त भएको छ ।

हिमाञ्चल राज्य सरकारी अधिकारीहरूले लगातारको वर्षाका कारण ७२० घर र २४१ पसलपूर्ण रूपमा क्षतिग्रस्त भएको र करिब सात हजार १६१ घरमा आंशिक क्षति पुगेको पुष्टि गरेका छन् ।

राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुका अनुसार राज्यलाई १०० अर्ब भारतीय रूपैयाँ (करिब १.२ अर्ब अमेरिकी डलर) बराबरको क्षति भएको थियो र प्रभावित क्षेत्रमा संरचना पुनः निर्माणका लागि कम्तिमा एक वर्ष लाग्ने बताइएको छ ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?