२३ श्रावण, एजेन्सी । इस्लामिक स्टेट (आईएस) समूहका लडाकुहरूले जिहादीहरूको पूर्वगढ राका प्रान्तमा दश जना सिरियाली सैनिकको हत्या गरेका छन् । युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार आईएसले राज्य सरकारसँग सम्बन्धित स्थान र चौकी र सैन्य गाडीमा आगजनी गरेको छ । सोमबार साँझ भएको उक्त आक्रमण छ
२३ श्रावण, एजेन्सी । रुसले सोमबार आफ्ना सेनाहरू उत्तरपूर्वी युक्रेनको कुपियान्स्क क्षेत्रतर्फ तीन किलोमिटर (दुई माइल) अगाडि बढेको बताएको छ। विगत तीन दिनमा रुसी सेना थप ११ किलोमिटर अगाडि बढेको छ भने युक्रेनी प्रतिरक्षालाई पार गर्दै तीन किलोमिटर भन्दाबढी परसम्म पुगेको रक्षा मन्त्रालयले जनाएको छ ।
२३ श्रावण, एजेन्सी । भारतले पाकिस्तानसँगको सम्बन्धलाई सामान्य बनाउ तत्पर रहेको बताएको छ । आतङ्कवाद र हिंसामुक्त वातावरण बनेमा द्विपक्षीय मैत्रीमा विमति नहुने नयाँदिल्लीले स्पष्ट गरेको छ । हालै इस्लामावादमा खनिज शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले राष्ट्र निर्माणका लागि आफू छिमेकीसँग वार्ता गर्न तयार रहेको बताएपछि
२३ श्रावण, एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त खोस्तमा विषाक्त खानाका कारण कम्तीमा २०० जना बिरामी परेका छन् । प्रान्तीय प्रहरी प्रवक्ता मुस्तघफर गरबाजका अनुसार आइतबार साँझ जजाई मैदान जिल्लाको सत्काई गाउँमा गाउँलेहरू एक भोजमा सहभागी भएपछि उनीहरू बिरामी परेका थिए । सबै बिरामीहरूलाई नजिकैको अस्पताल र क्लिनिकमा लगिएको छ । घटनाबारे
२३ श्रावण, एजेन्सी । श्रीलङ्काको सरकारले देशभर बाह्रै महिना निर्बाध विद्युत् आपूर्ति गर्ने योजना बनाएको ऊर्जामन्त्री कञ्चना विजेसेकराले सोमबार बताएका छन् । राष्ट्रपति रनिल विक्रमासिङ्घेको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको उल्लेख गर्दै मन्त्रीले आफ्नो ट्विटर एकाउन्टमा वर्षको बाँकी अवधिमा विद्युत्को मूल्य परिमार्जन नगर्ने पनि जानकारी गराएका छन् । श्रीलङ्काले
२३ श्रावण, एजेन्सी । संयुक्त राज्य अमेरिकाको पेन्सिल्भेनिया राज्यमा आइतबार ५० जना यात्रु बोकेको बस अर्को गाडीसँग ठोक्किँदा तीन जना यात्रुको मृत्यु भएको एसोसिएटेड प्रेसले जनाएको छ । सो दुर्घटना राति ११ः५० बजे भएको थियो । दउफिन काउन्टीको तल्लो प्याक्सटन टाउनशिपको दक्षिण क्षेत्रमा बस पल्टिएको थियो । थुप्रै मानिसहरूलाई चोटपटक लागेको
२२ श्रावण, एजेन्सी । रूसले युक्रेनमाथि आक्रमण गरेपछि गत वर्षको सोही अवधिको तुलनामा तीव्र गिरावट आएपछि तेल कम्पनी साउदी अरामकोले सोमबार दोस्रो त्रैमासिकका लागि ३०.०८ अर्ब अमेरिकी डलर नाफा घोषणा गरेको छ । साउदी स्टक एक्सचेन्जमा प्रकाशित एक विज्ञप्तिमा भनिएको छ, “वार्षिक रूपमा ३८ प्रतिशतको गिरावटले मुख्यतया कच्चा तेलको मूल्यमा आएको
२२ श्रावण, काठमाडाैँ । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानलाई पक्राउ गरेपछि पञ्जाबका विभिन्न जिल्लामा सात दिनका लागि धारा १४४ लागू गरिएको छ । प्रशासनले जारी गरेको सूचनाअनुसार कसुर, झेलम, मियांवाली, मण्डी बहाउद्दीन र रावलपिण्डी जिल्लामा धारा १४४ अनुसार विरोधका कार्यक्रम वा अन्य अनावश्यक जमघटसमेतलाई प्रतिबन्ध लगाइएको हो । स्थानीय
२२ श्रावण, एजेन्सी । ‘मोदी’ उपनामको टिप्पणी गरेको मुद्दामा गुजरात उच्च अदालतबाट दोषी ठहरिएका राहुल गान्धीको सदस्यतालाई लोक सभा सचिवालयले सोमबार पुनःबहाली गरेको छ । भारतको सर्वोच्च अदालतले गत हप्ता (सन् २०२३ अगस्ट ४) मा गरेको एक फैसलाले गान्धीको पुनरावेदनमाथि उनिविरूद्धको सजाय र वायनाडबाट निर्वाचित सांसद सदस्य निलम्बनको निर्णय रोक्न आदेश
२२ श्रावण, काठमाडाैँ । करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुनसेनबाट सत्ता हस्तान्तरणको घोषणासँगै उनका छोरा हुन मानेटलाई सोमबार राजा नोरोदोम सिहामोनीले कम्बोडियाको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । गत जुलाईमा भएको चुनावमा ‘शानदार जित’ हासिल गरेको केही दिनपछि विश्वका सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेता हुन सेनले प्रधानमन्त्री