Trending
>>   सामाजिक अपराधजन्य घटनामा वृद्धि >>   निजामती कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव >>   बझाङमा फेरी गयो ४.१ म्याग्निच्युडको भूकम्प >>   नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौं– सोमपाल कामी >>   सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द >>   कर्णाली याक्स दोस्रो क्वालिफायरमा >>   वर्ष उत्कृष्ट न्यायाधीशबाट दुई न्यायाधीश सम्मानित >>   विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेशको प्रस्ताव >>   आफ्नै छोराको हत्या गरेको अभियोगमा एकजना पक्राउ >>   दक्षिण कोरियाका राष्ट्रपतिद्वारा भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन अस्वीकार
Logo
३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

ग्रिक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ता


काठमाडौँ । भ्रमणमा रहनुभएका ग्रिकका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बेरुतमा लेबनानी सेनालगायत लेबनानका आधिकारिक संस्थाहरूलाई सहयोग गर्न आफ्नो देश इच्छुक रहेको पुष्टि गरेका छन् ।

मित्सोटाकिसले लेबनानी समकक्षी नजिब मिकातीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले लेबनानको पुनर्निर्माणको प्रयासमा ग्रिक पूर्ण साझेदार रहेको बताए । आफ्नो पक्षका लागि मिकातीले पत्रकार सम्मेलनमा दुई पक्षले द्विपक्षीय सहयोग र द्विपक्षीय आर्थिक र व्यापार सम्झौताहरू निष्कर्षमा पुग्ने सम्भावनाहरूबारे छलफल गरेको बताए ।

जसले द्विपक्षीय सम्बन्धलाई सुदृढ र अभिवृद्धि गर्न र लेबनानलाई आर्थिक र आर्थिक संकटबाट बाहिर निकाल्न मद्दत गर्नेछ । उनले युद्धविराम सम्झौताको पालना र लेबनानी सेनाको महत्वपूर्ण भुमिका रहेको संयुक्त राष्ट्रसंघको प्रश्ताव १७०१ को पूर्ण कार्यान्वयनको महत्वमा जोड दिँदै लेबनानको वर्तमान अवस्थाबारे पनि छलफल भएको बताए ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?