Trending
>>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने !
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

विश्व


१४० वर्षपछि वेइजिङमा भीषण वर्षा, २० जनाको मृत्यु

१७ श्रावण, एजेन्सी । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको

पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा

१७ श्रावण, एजेन्सी । सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एक जना जनलरलले राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका छन् । अल्जेरिया, बुर्किना फासो, लिबिया, माली र चाडसँगको भूमि र हवाई सिमाना

महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ मजदूर मारिए

१७ श्रावण, एजेन्सी । महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको छ । थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ जनाले ज्यान गुमाएका तथा अन्य तीन जना गम्भीर घाइते भएका उद्धारमा संलग्न एक अधिकारीले

म्यान्मारको सैनिक सरकारले दियो नेत्री सूकिलाई आंशिक माफी

१७ श्रावण, एजेन्सी । हिरासतमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकिलाई सैनिक सरकारले आंशिक माफी दिएको छ । उनिमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा माफी दिइएको म्यान्मारको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यद्यपि उनले अझै १४ अन्य वटा मुद्दा खेप्नुपरेको छ । बुधबार पर्ने आषाढ पूजाका अवसरमा मंगलबार सात

बङ्गलादेशमा डेङ्गुका कारण जुलाईमा दुई सयभन्दा बढीको मृत्यु

१६ ,श्रावण ,ढाका । बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले सोमबार थप चार जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि गरेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर यो वर्ष हालसम्म डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ५१ हजार ८३२ पुगेको छ ।

पाकिस्तानमा आत्मघाती आक्रमण गरेको आईएसको दाबी

१६ श्रावण, एजेन्सी । इस्लामिक स्टेट (आईएस) ले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आइतबार आत्मघाती आक्रमण गरेको दाबी गरेको छ । खैबर पख्तुनख्वामा जमियत उलेमा–ए–इस्लाम–फजल राजनीतिक दलका समर्थकहरूको राजनीतिक भेलामा भएको आत्मघाती आक्रमणमा २३ जना बालबालिकासहति ५४ जनाको मृत्यु भएको थियो । करिब चार सय जना नेता तथा कार्यत्रकर्ता भेला भएको

शरणार्थी शिविरमा झडप, ११ जनाको मृत्यु

१६ श्रावण, एजेन्सी । दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप भएको छ । प्रतिद्वन्द्वी गुटहरूबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ । लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर इन अल–हिल्वेहमा एउटा प्यालेस्टिनी गिरोह जन्द अल–शाम सङ्गठनले शनिबार फताह गुटका

अष्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकपको नकआउट चरणमा प्रवेश

१६ श्रावण, एजेन्सी । आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता र नाइजेरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् । मेलबर्न रेक्टान्गुलर रंगशालामा सोमबार भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले क्यानडालाई ४–० गोलले हरायो । अस्ट्रेलियालाई जित दिलाउन

म्यान्मारमा सङ्कटकालको अवधि थपिएको घोषणा

१६ श्रावण, एजेन्सी । म्यान्मारको सैनिक सरकारले सङ्कटकालीन अवस्थालाई लम्ब्याउँदै आम निर्वाचनमा विलम्ब हुने सङ्केत गरेको छ । संविधानतः सङ्कटकालीन अवस्था अन्त्य भएको छ महिनाभित्र आम निर्वाचन गराउनुपर्छ । यही अगस्टमा आम निर्वाचन गराउने वाचा गरेको म्यान्माको वर्तमान सरकारले आज सङ्कटकाल थप छ महिना लम्ब्याएको घोषणा गर्दै चुनाव नहुने सङ्केत गरेको

पाकिस्तानको बाजौर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

१५ श्रावण, एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको प्रान्तका स्वास्थ्य मन्त्रीले सोमबार जानकारी गराएका छन् । रियाज अनवरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार विभिन्न अस्पतालमा उपचारको क्रममा नौ जना घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्यामा वृद्धि भएको हो ।

सम्वन्धित समाचारहरु