Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

म्यान्मारमा सङ्कटकालको अवधि थपिएको घोषणा


१६ श्रावण, एजेन्सी । म्यान्मारको सैनिक सरकारले सङ्कटकालीन अवस्थालाई लम्ब्याउँदै आम निर्वाचनमा विलम्ब हुने सङ्केत गरेको छ । संविधानतः सङ्कटकालीन अवस्था अन्त्य भएको छ महिनाभित्र आम निर्वाचन गराउनुपर्छ ।

यही अगस्टमा आम निर्वाचन गराउने वाचा गरेको म्यान्माको वर्तमान सरकारले आज सङ्कटकाल थप छ महिना लम्ब्याएको घोषणा गर्दै चुनाव नहुने सङ्केत गरेको हो । म्यान्मार परिषद्का कार्यवाहक अध्यक्ष मिन्ट स्वेले भोलिदेखि छ महिनासम्म सङ्कटकाल थपिएको घोषणा गरेका छन् ।

देशको दुई वर्षअघि प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको सरकारलाई अपदस्थ गरेयता त्यसको विरोधमा उत्रेकाहरूमाथि व्यापक धरपकड एवम् दमन गरेको छ भने समग्र देश रक्तपातपूर्ण हिंसाको चपेटामा परेको छ । सैनिक शासनविरुद्धको आन्दोलनमा सयौँ सर्वसाधारण मारिएका छन् भने हजारौँ घाइते भएका छन् ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?