Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

म्यान्मारमा सङ्कटकालको अवधि थपिएको घोषणा


१६ श्रावण, एजेन्सी । म्यान्मारको सैनिक सरकारले सङ्कटकालीन अवस्थालाई लम्ब्याउँदै आम निर्वाचनमा विलम्ब हुने सङ्केत गरेको छ । संविधानतः सङ्कटकालीन अवस्था अन्त्य भएको छ महिनाभित्र आम निर्वाचन गराउनुपर्छ ।

यही अगस्टमा आम निर्वाचन गराउने वाचा गरेको म्यान्माको वर्तमान सरकारले आज सङ्कटकाल थप छ महिना लम्ब्याएको घोषणा गर्दै चुनाव नहुने सङ्केत गरेको हो । म्यान्मार परिषद्का कार्यवाहक अध्यक्ष मिन्ट स्वेले भोलिदेखि छ महिनासम्म सङ्कटकाल थपिएको घोषणा गरेका छन् ।

देशको दुई वर्षअघि प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको सरकारलाई अपदस्थ गरेयता त्यसको विरोधमा उत्रेकाहरूमाथि व्यापक धरपकड एवम् दमन गरेको छ भने समग्र देश रक्तपातपूर्ण हिंसाको चपेटामा परेको छ । सैनिक शासनविरुद्धको आन्दोलनमा सयौँ सर्वसाधारण मारिएका छन् भने हजारौँ घाइते भएका छन् ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?