Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ मजदूर मारिए


१७ श्रावण, एजेन्सी । महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको छ ।

थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ जनाले ज्यान गुमाएका तथा अन्य तीन जना गम्भीर घाइते भएका उद्धारमा संलग्न एक अधिकारीले एएनआईलाई बताए । दुर्घटना गएराति साढे एक बजे भएको हो ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाको जाँचबुझ गर्न निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई राहतस्वरुप रु पाँच लाख प्रदान गर्ने घोषणा गरेका छन् । स्वट्जरल्याण्डको एउटा कम्पनीले द्रुतमार्ग निर्माण गरिरहेको छ ।

दुर्घटनास्थलमा राष्ट्रिय विपद् व्यवस्थापन कार्यालयका कर्मचारी खोज तथा उद्धारमा जुटेका छन् । दुर्घटनाका बेला त्यहाँ ३० जना मजदूर काम गरिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । तीव्र गतिमा भग्नावशेष पञ्छाउने र हराएकाको खोजी भइरहकेको छ ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू स्तब्ध भएको बताउँदै मृतकका परिवारजनमा समवेदना एवम् सहानुभूति व्यक्त गर्नुएको छ । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री सहायता कोषबाट मृतकका परिवारलाई जनही दुई लाख अनुदान सहयोग उपलव्ध गराउने तथा प्रत्येक घाइतेलाई ५० हजा प्रदान गर्ने घोषणा पनि गरेका छन् ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?