Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
३ फाल्गुन २०८२, आईतवार
३ फाल्गुन २०८२, आईतवार

अष्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकपको नकआउट चरणमा प्रवेश


१६ श्रावण, एजेन्सी । आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता र नाइजेरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।

मेलबर्न रेक्टान्गुलर रंगशालामा सोमबार भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले क्यानडालाई ४–० गोलले हरायो । अस्ट्रेलियालाई जित दिलाउन हेली रासोले दुई तथा मेरी फाउलर र स्टेफनी क्याटलीले एक एक गोल गरिन् ।

जितसँगै तीन खेलमा ६ अङ्क जोड्दै अस्ट्रेलिया समूहको शीर्ष स्थमामा रह्यो । पहिलो पराजय ब्यहोरेको क्यानडा समान खेलमा चार अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ ।

यसअघि रिपब्लिक अफ आयरल्यान्डलाई पराजित गरेको अस्ट्रेलियाले नाइजेरियासँग हार ब्यहोरेको थियो । यसैगरी नाइजेरियासँग बराबरीमा रोकिएको क्यानडाले आयरल्यान्डलाई हराएको थियो ।

अर्को खेलमा नाइजेरियाले आयरल्यान्डसँग गोलरहित बराबरी खेल्दै अन्तिम १६ मा स्थान बनाएको हो । नाइजेरियाले तीन खेलमा पाँच अङ्क जोड्यो । आयरल्यान्ड समान खेलबाट एक अङ्कका साथ पुछारमा रह्यो ।

यसअघि क्यानडासँग बराबरी खेलेको नाइजेरियाले अस्ट्रेलियालाई हराएको थियो । आयरल्यान्ड अस्ट्रेलिया र क्यानडासँग पराजित भएको थियो ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?