Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अष्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकपको नकआउट चरणमा प्रवेश


१६ श्रावण, एजेन्सी । आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता र नाइजेरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।

मेलबर्न रेक्टान्गुलर रंगशालामा सोमबार भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले क्यानडालाई ४–० गोलले हरायो । अस्ट्रेलियालाई जित दिलाउन हेली रासोले दुई तथा मेरी फाउलर र स्टेफनी क्याटलीले एक एक गोल गरिन् ।

जितसँगै तीन खेलमा ६ अङ्क जोड्दै अस्ट्रेलिया समूहको शीर्ष स्थमामा रह्यो । पहिलो पराजय ब्यहोरेको क्यानडा समान खेलमा चार अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ ।

यसअघि रिपब्लिक अफ आयरल्यान्डलाई पराजित गरेको अस्ट्रेलियाले नाइजेरियासँग हार ब्यहोरेको थियो । यसैगरी नाइजेरियासँग बराबरीमा रोकिएको क्यानडाले आयरल्यान्डलाई हराएको थियो ।

अर्को खेलमा नाइजेरियाले आयरल्यान्डसँग गोलरहित बराबरी खेल्दै अन्तिम १६ मा स्थान बनाएको हो । नाइजेरियाले तीन खेलमा पाँच अङ्क जोड्यो । आयरल्यान्ड समान खेलबाट एक अङ्कका साथ पुछारमा रह्यो ।

यसअघि क्यानडासँग बराबरी खेलेको नाइजेरियाले अस्ट्रेलियालाई हराएको थियो । आयरल्यान्ड अस्ट्रेलिया र क्यानडासँग पराजित भएको थियो ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?