Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

शरणार्थी शिविरमा झडप, ११ जनाको मृत्यु


१६ श्रावण, एजेन्सी । दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप भएको छ । प्रतिद्वन्द्वी गुटहरूबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ ।

लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर इन अल–हिल्वेहमा एउटा प्यालेस्टिनी गिरोह जन्द अल–शाम सङ्गठनले शनिबार फताह गुटका एक जना वरिष्ठ सदस्य र उनका चार अङ्गरक्षकको हत्या गरेको छ ।

जन्द अल–शाम र फताह नामक इस्लामवादी सङ्गठनबीचको द्वन्द्वले आइन अल–हिल्वेहमा तनाव बढेको शिविर नजिकैको एक निजी अस्पतालका प्रशासक रियाद अबो एलेइनले बताएका छन् । शिविर भित्रबाट गोलाबारीको आवाज आएन बन्द भएको छैन ।

प्यालेस्टाइनको राष्ट्रिय एकतातर्फ अघि बढ्ने प्रयासमा फताह र हमास जस्ता प्यालेस्टाइनका विरोधी सङ्गठनहरू इजिप्टमा मेलमिलाप वार्ताका लागि भेला भए पनि गाजा क्षेत्रमा शासन गर्ने इस्लामवादी सङ्गठन हमासले सन् २००७ मा प्यालेस्टिनी प्राधिकरणबाट तटीय क्षेत्र कब्जा गरेदेखि हिंसात्मक झडप रोकिएका छैनन् ।

सन् २०१७ मा प्रतिद्वन्द्वी गुटहरूबीचको द्वन्द्व रोक्न धेरै प्रयास भए पनि फताह र इस्लामवादी समूहहरू बीच धेरै महिनादेखि निरन्तर लडाइँ भयोभने त्यसमा परी २० जनाले ज्यान गुमाउनका साथै दर्जनौ घाइते भएका थिए । प्यालेष्टिनी समूहले नै शिविरको सुरक्षा गर्ने भएकाले त्यहाँ लेवनानका सुरक्षाकर्मीको कुनै भूमिका हुँदैन ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?