Trending
>>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते >>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

विश्व


सेनेगलमा डुङ्गा डुब्दा सोह्र जनाको मृत्यु

८ ,श्रावण ,डकार । सेनेगलको राजधानीमा समीपको समुद्रमा डुङ्गा पल्टिँदा १६ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम अफ्रिकाबाट स्पेनको क्यानरी टापुहुँदै युरोप प्रवेश गर्न चाहने आप्रवासीहरू चढेको डुङ्गा डुबेको प्रारम्भिक अनुमान गरिएको डकारका उपप्रमुख साम्बा कान्दजीले बताएका छन् । यसैबीच, इन्डोनेसियाको सुलावेसी टापुको तटमा सोमबार काठको डुङ्गा डुब्दा कम्तीमा १५

ट्विटरको लोगोबाट ‘चरा’को बिदाइ

८ श्रावण, एजेन्सी । चर्चित सामाजिक सञ्जाल ट्विटरको लोगो परिवर्तन भएको छ । ट्विटरका मालिक एलन मस्कले चराको ठाउँमा अंग्रेजीको एक्स 'X' राखेका हुन् । व्यवसायको नाम परिवर्तन गरेर एक्स कर्प राखेका श्री मस्कले यो परिवर्तन लामो समय अगाडी नै गरिनु पर्ने बताएका थिए । ट्विटरकी सीईओ लिन्डा याकारिनोले पनि

चीनमा व्यायामशालाको छाना भत्किँदा ११ जनाको मृत्यु

८ श्रावण, एजेन्सी । उत्तरपूर्वी चीनमा एक विद्यालयको व्यायामशालाको लागि बनाइएको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । हेइलोङजियाङ प्रान्तको किकिहारमा निर्माण कर्मीहरूले भवनको छतमा पानी जम्मा गर्न अवैधरूपमा संरचना बनाएको र अत्यधिक भारका कारण उक्त भवन भत्किएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको

युक्रेनद्वारा क्रिमियाको गोलाबारुद भण्डारमा आक्रमण

८ श्रावण, एजेन्सी । युक्रेनी ड्रोन आक्रमणमा रूसको कब्जामा रहेको क्रिमियास्थित गोलाबारुद डिपोमा आक्रमण भएको युक्रेनका गभर्नरले सोमबार बताएका छन् । “क्रिमियाको आकाशमा ११ वटा मानवरहित विमान (युएभी) लाई युक्रेनी वायु सेनाले गोली हानेर खसालेको छ, साथै युक्रेनी प्रतिरक्षा बलले उक्त क्षेत्रलाई नियमित निगरानीमा राखेको छ,” सर्गेई अक्स्योनोभले टेलिग्राममा भनेका

श्रीलङ्कासँग १ लाख ३३ हजार ९३६ मेट्रिक टन डिजेल माैजदात

८ श्रावण, एजेन्सी । श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले श्रीलङ्कासँग पर्याप्त मात्रामा इन्धन रहेको बताएकी छन् । राजधानी कोलम्बोमा पत्रकारसँग कुरा गर्दै विजसेकेराले आइतबार बिहानसम्म देशमा एक लाख ३३ हजार ९३६ मेट्रिक टन डिजेल र छ हजार १९२ मेट्रिक टन सुपर डिजेल रहेको जानकारी दिइन् । श्रीलङ्कासँग ३५ हजार ४०२ मेट्रिक

इजरायली प्रधानमन्त्री नेतन्याहूको ‘स्वास्थ्य अवस्था’ मा सुधार

८ श्रावण, एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पेसमेकर प्रत्यारोपणका लागि गरिएको शल्यक्रियापछि चिकित्सकहरूले आइतबार उनको स्वास्थ्य अवस्था राम्रो रहेकोे जनाएका छन् । नेतन्याहूले मुटुको चाललाई नियमित राख्ने पेसमेकर प्रत्यारोपण गर्न लागेको शनिबार एक भिडियो सन्देशमार्फत् जानकारी गराएका थिए । उनले भने, “एक हप्ता अघि मैले एउटा मुटुको गतिविधि हेर्न

चार जना प्रहरीको गोली हानी हत्या

८ श्रावण, एजेन्सी । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा पाकिस्तानसँग सीमा जोडिएको अशान्त क्षेत्रमा आइतबार आक्रमणकारीले गस्तीमा गोली चलाउँदा चार जना इरानी प्रहरीको मृत्यु भएको छ । सरकारी समाचार संस्था आईआरएनएका अनुसार प्रहरीको गस्ती टोलीमाथि भएको ‘आतङ्कवादी’ आक्रमणमा परी तीन जना प्रहरी मारिएका छन् । सरकारी टेलिभिजनका अनुसार चौथो व्यक्तिको उपचारका क्रममा

मदिराको मातमा मधुशालामा एक व्यक्तिले सल्काए आगो, एघार जनाको मृत्यु

७ श्रावण, एजेन्सी । उत्तरी मेक्सिकोमा मदिराको मातेको एक व्यक्तिले मधुशालामा आगो लगाउँदा ११ जनाको मृत्यु भएको छभने अन्य चार जना घाइते भएका छन् । उत्तरी राज्य सोनोराको सान लुइस रियो कोलोराडोको एक बारमा शनिबार उक्त घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । आक्रमणमा सात जना पुरुष र चार जना महिलाले

पत्रकार तेजपाललाई दुई करोड क्षतिपूर्ति भराउन अदालतको आदेश

७ श्रावण, एजेन्सी । दिल्ली उच्च अदालतले तेहेल्काल डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल तथा मेसर्स तेहेल्का डटकमलाई रु दुई करोड क्षतिपूर्ति गर्न आदेश दिएको छ । न्यायाधीश नीना वंशल कृष्णाको इजलाशले सेवा निवृत्त सैनिक अधिकृत एम एस अलुवालियालाई निजहरूबाट उक्त रकम क्षतिपूर्तिस्वरुप भराउने आदेश दिएको हो । सन्

बस र ट्रक ठोक्किँदा छ जनाको मृत्यु, ५३ घाइते

७ श्रावण, एजेन्सी । मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा यात्रुबाहक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य ५३ जना घाइते भएका स्थानीय महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार जनाएको छ । स्थानीय समयअनुसार बिहान १ः०० बजे ला पिडाड–भिस्टा हर्मोसा राजमार्ग अन्तर्गत युरेकुआरो शहर नजिकै दुर्घटना भएको कार्यालयले जनाएको छ

सम्वन्धित समाचारहरु