३ जेठ, कैलाली । कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयको पछाडि सयौँ मोटरसाइकल पार्किङमा छन् । यहाँ रहेका शतप्रतिशत मोटरसाइकल प्रयोगमा आउने स्थितिमा पनि छैनन् । दिनप्रतिदिन मोटरसाइकललगायत भन्सारमा रहेका सवारी साधन कवाड बन्दै गएका छन् । भन्सार कार्यालय पुग्दा सकुशल पुगेका मोटरसाइकल समयमा लिलाम हुन नसक्दा कहिले घाम त
३ जेठ, कञ्चनपुर । बस्ती नजिकैको जङ्गलमा हात्ती देखिन थालेपछि कैलालीको टीकापुर नगरपालिकाका नागरिक त्रसित भएका छन् । नगरपालिकाको वडा नं २ को पूर्वतिरको जङ्गलमा आजभोलि दैनिकजसो हात्ती देखिन थालेपछि उनीहरू त्रसित भएका हुन् । खोटेना भुराखानी सामुदायिक वन क्षेत्रमा बढीजसो हात्ती देखिन थालेका उनीहरू बताउँछन् । स्थानीयका अनुसार कहिलेकाहीँ
२ जेठ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उनी लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्छिन् । विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिन्छिन् प्रेमा । साइकलमा ओहोरदोहोर गर्ने उनको दोदा नदीमाथिको जीर्ण काठे पुल प्रयोग गरेवापत शुल्क तिर्नुपर्ने
१ जेठ, कञ्चनपुर । ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ग्रामीण गस्तीलाई तीव्रता दिएको छ । जिल्लाका नौवटै स्थानीय तहका ग्रामीण भेगमा गस्तीमार्फत प्रहरीले पहुँच बढाइरहेको हो । प्रहरीको पहुँच नपुग्ने ग्रामीण भेगमा मातहतका युनिटले गस्ती गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायब उपरीक्षक
१ जेष्ठ ,महेन्द्रनगर । कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुवरले यहाँ ‘बुस्टर डोज’को पहिलो र दोस्रो मात्रा लगाइएको जानकारी दिए । “नौवटै पालिकाका स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको
३१ वैशाख, कञ्चनपुर । महेन्द्र राजमार्ग छेउमै लहरै छन्, स–साना छाप्रा । अघिल्तिर भरिभराउ तरभुजा । किनमेल गर्नेको त्यस्तै भीडभाड । झट्ट हेर्दा राजमार्गमा ‘तरभुजा मेला’ लागेजस्तै देखिन्छ । शुक्लाफाँटा नगरपालिका–११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको छ । तरभुजा किन्न यात्रु सवारीसाधन
३१ वैशाख ,टीकापुर । कैलालीको टीकापुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू आजभोलि व्यस्त छन् । उनीहरू दैनिक विद्यालयमा शिक्षण गर्छन् भने फुर्सदका समयमा वार्षिक शैक्षणिक योजना बनाउन थालेका छन् । कतिपय विद्यालयका शिक्षकले योजना निर्माण गरिसकेका छन् भने कतिपय शिक्षक योजना निर्माणमा व्यस्त छन् । टीकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद
३० वैशाख, डडेल्धुरा । सुदूरपश्चिमकै प्रसिद्ध ऐतिहासिक उग्रतारा मन्दिरमा चोरी भएको छ । अमरगढी नगरपालिका–८ मा रहेको मन्दिरमा चोरी भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजे चोरी भएको हो । कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार चाँदीको माला, चाँदीको मुकुटलगायतका सामान चोरी भएको जनाइएको
२९ वैशाख, कञ्चनपुर । स्थानीय संस्कृति, जनजीवन, भूगोललगायतका विषयवस्तुबारे बालबालिकालाई जानकारी दिनका लागि शुक्लाफाँटा नगरपालिकाले कक्षा १ देखि ८ सम्म ‘हाम्रो शुक्लाफाँटा’ पाठयक्रम तयार गरेको छ । उक्त पाठयक्रम चालु शैक्षिकसत्रदेखि लागू गरिएको छ । निर्माण गरिएको पाठ्यक्रमले स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला, संस्कृतिलगायत विविध पक्षको संरक्षण र संवद्र्धन गर्दै
२८ वैशाख, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढ्ने कार्यसँगै कमाउनेमा पनि संलग्न हुँदै आएका छन् । विद्यालयमा कृषि जेटिए र आइएस्सी एजी पढ्ने विद्यार्थी कक्षाकोठामा बसेर पढाइ मात्रै गर्दैनन्, विद्यालयको स्वामित्वमा रहेको जग्गामा तरकारी खेती पनि गर्छन् । जैविक मल र जैविक विषादीको प्रयोग गरी विद्यार्थीले