Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

‘हाम्रो शुक्लाफाँटा’ पाठयक्रम तयार


२९ वैशाख, कञ्चनपुर । स्थानीय संस्कृति, जनजीवन, भूगोललगायतका विषयवस्तुबारे बालबालिकालाई जानकारी दिनका लागि शुक्लाफाँटा नगरपालिकाले कक्षा १ देखि ८ सम्म ‘हाम्रो शुक्लाफाँटा’ पाठयक्रम तयार गरेको छ । उक्त पाठयक्रम चालु शैक्षिकसत्रदेखि लागू गरिएको छ ।

निर्माण गरिएको पाठ्यक्रमले स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला, संस्कृतिलगायत विविध पक्षको संरक्षण र संवद्र्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग पुर्याउने विश्वास छ । स्थानीय पाठ्यक्रममार्फत बालबालिकामा आफ्नो परिवेशबाट सिक्ने, नजिकको वातावरण, भूगोलसँग सम्बन्धित ज्ञान आर्जन गरुन् भनेर पाठ्यक्रम निर्माण गरिएको स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन समितिका संयोजक टिकेन्द्रराज भट्टले बताए ।

निर्माण गरिएको पाठ्यक्रमका माध्यमबाट बालबालिकाले नजिकको ज्ञान, सीप र अनुभवलाई फराकिलो पार्दै विश्वव्यापी ज्ञानसँग समिश्रण गर्ने सामाजिक मुद्दासँग परिचित हुने, विकृतिसँग विद्रोह गर्ने गुणको विकास हुने उनको भनाइ छ । नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माणको क्रममा यस क्षेत्रका शिक्षासँग सरोकार राख्ने शिक्षाविद्, पाठ्यक्रमविद्, समाजसेवी, जनप्रतिनिधि, नगर शिक्षा समिति, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी, गैरसरकारी संस्था तथा सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरिएको थियो ।

“सम्बन्धित पक्षबाट प्राप्त सुझाव नै पाठ्यक्रमको मूल आधार हो”, उहाँले भन्नुभयो । आधारभूत तह, (कक्षा १–८)का लागि तयार पारिएको स्थानीय पाठ्यक्रममा शुक्लाफाँटा नगरपालिकाको भौगोलिक, ऐतिहासिक, सामाजिक, आर्थिक, जनसाङ्ख्यिकी तथा राजनीतिक अवस्थाको परिचयसम्मका विषयवस्तु समावेश गरिएका छन् । स्थानीय सरकारको परिचय, विभिन्न समितिका काम, कर्तव्य र अधिकारका विषयवस्तु पाठ्यक्रममा समेटिएका छन् ।

त्यसैगरी नगरपालिकाभित्र रहेका धर्म, संस्कृति तथा सांस्कृतिक मूल्यमान्यता, रहनसहन, प्राकृतिक स्रोत साधन, पर्यटकीयस्थल आदिको पहिचान, जगेर्ना, संरक्षण र संवद्र्धनका लागि पनि विषयवस्तु यसमा राखिएका छन् । पाठ्यक्रममा पहाडी समुदाय, राना थारू र चौधरी डगौरा थारू समुदायको कला, संस्कृति समावेश गरिएको छ ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?