१२ ,श्रावण ,महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको प्रस्तावित दोधारा चादँनीको सुक्खा बन्दरगाहलाई महाकाली करिडोरमार्फत चीनसित जोडेर त्रिदेशीय नाका बनाइने बताएका छन् । नेपाली कांग्रेस दोधारा चादँनीको प्रथम नगर सम्मेलन उद्घाटन समारोहमा आज उहाँले सुक्खा बन्दरगाहलाई आगामी पाँच वर्षभित्र नेपाल–भारत र चीनको नाका रुपमा विकास गरिने बताए
१२ श्रावण, सुर्खेत । सेतै फुलेका कपाल, एक छेउमा उनी श्रीमती र उनीसँगै एउटा समाउने लौरी राखेर दुई दम्पती मिठाईका डब्बा बनाउने गर्छन् । उनीहरु दुवै दम्पतीको व्यस्तता हेर्दा यसपटक अलि धेरै मिठाई राख्ने डब्बाको अडर लिएको जस्तो पनि देखिएको थियो । उनी दुई दम्पतीका काम हेर्दा उनीहरु शारीरिक रुपमा अशक्त
१२ श्रावण, कञ्चनपुर । कञ्चनपुरका पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको सफल उपचार गरिएको छ । नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा समेत सर्पदंशका दुई सय ९४ बिरामीको उपचार गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको रुद्रध्वज गण मातहत रहेको अर्जुनीस्थित
१२ ,श्रावण ,दोधारा चाँदनी । कञ्चनपुरमा पालिका, प्रदेश र सङ्घीय सरकारको गरी रु दुई अर्ब १७ करोड बढी बजेट फ्रिज भएको छ । गत आर्थिक वर्षमा पुँजीगत तथा चालुतर्फको विभिन्न शीर्षकमा आएको बजेटमध्ये रु दुई अर्ब १७ करोड ९२ लाख फ्रिज भएको हो । जिल्लाका विभिन्न सरकारी कार्यालयले चालु तथा
१२ ,श्रावण ,दिपायल । डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन् । उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको
११ ,श्रावण ,धनगढी । कैलालीमा ठूलो परिणामको लागू औषध खैरो हेरोईनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले बिहीबार गोदावरी नगरपालिका-८ स्याउलेबाट दुई जनालाई पक्राउ गरिएको इप्रकाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेश बरालले जानकारी दिए । पक्राउ पर्नेमा स्याउले बजारमा चम्फा ट्याक्टरको
१० श्रावण, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा धानबालीमा गबारो कीराले क्षति पुर्याएको छ । पर्याप्त वर्षा नहुँदा दुई पालिकामा गबारो कीराको प्रकोप देखिएको हो । कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा खेतमा गबारो कीराको प्रकोप देखिएको जानकारी दिए । “रोपेको धानबालीमा गबारो कीराले क्षति पुर्याएपछि
९ ,श्रावण ,खलङ्गा । दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ । जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार अन्दाजी १५ वर्षकी बालिका सडेको अवस्थामा शव मङ्गलबार
८ ,श्रावण ,खलङ्गा । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको आज उद्घाटन गरिएको छ । गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह
८ श्रावण, सुर्खेत । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै छ । सम्भवतः आजै प्रदेश सरकार विस्तार गर्ने तयारी भइरहेको छ । उन्मुक्तिले एक मन्त्री र एक राज्यमन्त्री पाउने जनाइएको छ । आफ्नो पार्टीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाइरहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश संसदीय दलका नेता घनश्याम