Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

एक मन्त्री र एक राज्यमन्त्री सहित सुदूरपश्चिम प्रदेश सरकारमा जाँदै नागरिक उन्मुक्ति पार्टी


८ श्रावण, सुर्खेत । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै छ । सम्भवतः आजै प्रदेश सरकार विस्तार गर्ने तयारी भइरहेको छ ।

उन्मुक्तिले एक मन्त्री र एक राज्यमन्त्री पाउने जनाइएको छ । आफ्नो पार्टीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाइरहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।

उनका अनुसार नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी कृषि मन्त्री बन्दै छन् । यसै गरी, कैलाश चौधरी कृषि राज्यमन्त्री बन्ने तय भएको छ । यसअघि, मन्त्री बन्ने दौडमा रहनु भएका सो पार्टीका लक्ष्मण किशोर चौधरी भने तत्कालको लागि पछाडि हट्ने भएका छन् ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?