Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कैलालीमा ७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ


११ ,श्रावण ,धनगढी । कैलालीमा ठूलो परिणामको लागू औषध खैरो हेरोईनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले बिहीबार गोदावरी नगरपालिका-८ स्याउलेबाट दुई जनालाई पक्राउ गरिएको इप्रकाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेश बरालले जानकारी दिए ।

पक्राउ पर्नेमा स्याउले बजारमा चम्फा ट्याक्टरको पाटपुर्जा पसल गरी बस्ने धनगढी उपमहानगरपालिका-५ हसनपुरका ३२ वर्षीय सरद चौधरी र सोही ठाँउमा जेयसके फेन्सी स्टोर पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय मधुसुदन पन्त रहेको डीएसपी बरालले बताए ।

चौधरीको साथबाट ६ग्राम ७९० मिलीग्राम र पन्तको साथबाट २४० मिलिग्राम गरेर ७ ग्राम ३० मिलिग्राम खैरो हिरोईन बरामद गरिएको छ । उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?